२९ असार २०८३, सोमबार

फेसबुकबाट शारीरिक सम्पर्कको प्रस्ताव, बलात्कार मुद्दा हालिदिने भन्दै ५ करोड बार्गेनिङ

मंसिर २५, २०७९
फेसबुकबाट शारीरिक सम्पर्कको प्रस्ताव, बलात्कार मुद्दा हालिदिने भन्दै ५ करोड बार्गेनिङ

शारीरिक सम्बन्धको प्रस्ताव राख्दै ‘ब्ल्याकमेलिङ’ गर्न खोज्ने गिरोह दाङबाट पक्राउ परेको छ । ‘हनी ट्रयाप’बाट मोटो रकम डिल गर्दै सामाजिक सञ्जालबाट बार्गेनिङ गर्ने तीन जना घोराहीबाट आइतवार पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले मोटो रकमको डिल गर्दैगर्दा घोराहीको एक होटलबाट दुई जना महिला र एक पुरुषलाई पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १० नारायणपुरका २७ वर्षीया रुद्रवहादुर केसी, तुलसीपुर उपमहानगरपालिका– १८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णीकुमारी बस्नेत र गढवा गाउँपालिका– ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज रहेका छन् । उनीहरूले तुलसीपुरका एक जना व्यवसायीलाई ‘ब्ल्याकमेलिङ’ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने भनेर धम्की दिँदै आएका थिए । उनीहरूले ५ करोडको बार्गेनिङ गरेको खुलेको छ । 

पीडित व्यवसायीले आफूलाई यौन सम्बन्धको प्रस्ताव राख्दै ‘ब्याकमेलिङ’ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटनाको योजनाकार अनुष्का रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

अनुष्कासँग दुई वटा नेपाली नागरिकतासमेत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध मुद्दा दर्ता गरी घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्