२६ जेठ २०८३, मंगलबार

६० जना चालकको लाइसेन्स निलम्बन प्रक्रियामा

६० जना चालकको लाइसेन्स निलम्बन प्रक्रियामा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको छ ।

पाँचभन्दा बढीपटक ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि ती अनुमति पत्र निलम्बनका लागि विभागमा पठाइएको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएमा निलम्बन गर्न सकिने व्यवस्था छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार निलम्बनका लागि पठाइएकोमा एक चालक ४४ पटक कारबाहीमा परेका छन् । एकजना ३५ पटक, तीन जना २४ पटक र एकजना १४ पटक कारबाहीमा परेका छन् । 

त्यस्तै सात जना १२ पटक, दुई जना चालक सात पटक र ४५ जना छ पटक कारबाहीमा परेकाले लाइसेन्स निलम्बनको कारबाही अगाडि बढाइएको भट्टले जानकारी दिए । 

ट्राफिका नियम उल्लघंन गरिरहने चालकहरूबाट नै बढी सवारी दुर्घटना भएको तथ्यांकले समेत देखाएको छ । सोही कारण उनीहरूको लाइसेन्स निलम्बनको प्रक्रिया अगाडि बढाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्