२२ असार २०८३, सोमबार

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जना चिनियाँ पक्राउ

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जना चिनियाँ पक्राउ
प्रतिकात्मक तस्वीर

नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । 

प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौंको ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई शुक्रवार पक्राउ गरिएको जानकारी दिएको छ । 

उनीहरूले ३ जना नेपाली नागरिकलाई फ्री भिसा र फ्री टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक १ हजारदेखि १ हजार ५०० डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्‍याएका थिए ।

त्यहाँ पुर्‍याएपछि बिट क्वाइनमा इन्भेस्ट गराउने लगायतका गैरकानूनी काम लगाउनुको साथै २ महिना काम लगाई पीडितहरूबाट उल्टै ३ लाख ९० हजार रकम समेत लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए । 

उक्त कार्यमा संलग्नमध्ये १ जनालाई काठमाडौंको ठमेल र १ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको हो ।

निजहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा चलान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्