३० जेठ २०८३, शनिबार
राजनीति

गगन–विश्वप्रकाशको संयुक्त अपील : कांग्रेसलाई आजको अलमलबाट बाहिर निकाल्नैपर्छ

गगन–विश्वप्रकाशको संयुक्त अपील : कांग्रेसलाई आजको अलमलबाट बाहिर निकाल्नैपर्छ

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मेलमिलाप दिवसको अवसर पारेर संयुक्त अपील जारी गरेका छन् । अपीलमा उनीहरूले कांग्रेसलाई अहिलेको अलमलबाट बाहिर निकालेर चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । 

महामन्त्रीद्वयले जनताको विश्वास फर्काउन पार्टीलाई अहिलेकाे अलमलबाट बाहिर निकाल्नुपर्नेमा जोड दिएका छन् । अपीलमा उनीहरूले भनेका छन्, ‘कांग्रेसमा आज जुन अलमल छ, त्यो रहँदासम्म जनताको विश्वास फर्काउन सकिन्न । पार्टीलाई यो अलमलबाट बाहिर निकाल्नैपर्छ, अहिलेको परिस्थितिलाई शक्तिमा बदलेर पार्टीलाई पुनर्जागृत गर्नैपर्छ । त्यसका लागि अविलम्ब पार्टीको संरचना र संगठन गतिशील र चुस्त बनाउनै पर्नेछ । विधानत पार्टीमा बनाउनुपर्ने सबै संरचनाहरू र भातृ तथा सुभेच्छुक संस्थाहरुको विधिसम्म पूर्णता दिने, पार्टीको केन्द्रदेखि टोल समितिसम्म जागरणका कार्यक्रम संचालन गर्ने, विधान बमोजिम गर्नुपर्ने नीति महाधिवेशन गरी पार्टीको नीति योजना र कार्यक्रम तय गर्ने काम अबिलम्ब गर्नुपर्नेछ । यसलाई तदारुकताका साथ अगाडि बढाउने छौँ ।’

गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा केवल सत्ताको राजनीतिमा मात्र कांग्रेस पछि परेको महामन्त्रीद्वयको ठहर छ । अपीलमा भनिएको छ, ‘हामी उच्च नैतिक बलका साथ दाबी गर्नसक्छौँ कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपति अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन ।’

उनीहरूले कांग्रेसले गुण र दोषका आधारमा वर्तमान सरकारको मूल्यांकन गर्ने जनाउँदै जनताप्रति जवाफदेही जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्ने जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्