२१ जेठ २०८३, बिहीबार

सुस्मिता हत्या प्रकरणमा सासु, ससुरासहित ५ जनालाई कैद सजाय

सुस्मिता हत्या प्रकरणमा सासु, ससुरासहित ५ जनालाई कैद सजाय

२०७७ सालमा हत्या गरिएकी सुस्मिता केसीको हत्या अभियोगमा पक्राउ परेका परिवारका सदस्यलाई कसूरदार ठहर गर्दै जिल्ला अदालत मकवानपुरले फैसला सजाय गरेको छ ।

जिल्ला अदालत मकवानपुरले ४ दिनसम्मको निरन्तर बहसपछि हेटौंडाकी सुस्मिता केसी (थापा) हत्या प्रकरणका ५ जना आरोपितलाई कसूरदार ठहरको फैसला सुनाएको हो ।

सुस्मिताको हत्यामा संलग्न भएको आरोपमा ससुरा, सासू, २ नन्द र ज्वाइँलाई अदालतले कसूरदार ठहर गरेको छ । मुख्य अभियुक्तका रूपमा ससुरा र कान्छी नन्द सीता थापालाई जन्मकैद सजाय सुनाइएको छ ।

दुर्गा र अरुण कार्कीलाई आपराधिक षड्यन्त्र गरेको अभियोगमा जन्मकैदको माग गरिएको थियो । मृतक सुस्मिताकी सासू तुलसाकुमारी थापालाई मतियारको भूमिका निर्वाह गरेकाले मुख्य अभियुक्तले पाउने सजायको आधा सजाय माग दाबी गरिएको थियो । 

कपिलवस्तुको बाणगंगा नगरपालिका माइतीघर भएकी २२ वर्षीया सुस्मिताको हेटौंडा उपमहानगरपालिका–४ स्थित घरमा २०७७ असार १ गते राति करीब १० बजेको समयमा हत्या भएको थियो । घरको भान्सा कोठाभित्र असार २ गते बिहान सुस्मिता टाउकोमा चोट लागेको अवस्थामा मृत भेटिएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्