
म्यान्मामा ३०० राजनीतिक बन्दीलाई सामूहिक माफी गरिएको छ । म्यान्माको जुन्ता सरकारले यस साता आममाफी पाएका सात हजारभन्दा बढी कैदीमध्ये करिब तीन सय राजनीतिक बन्दी रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।
करिब दुई वर्षअघि सत्ता कब्जा गरेको सैन्य सरकारले म्यान्मा स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको उपलक्ष्यमा बुधबार सात हजार १२ जना कैदीलाई रिहा गर्ने घोषणा गरेको थियो ।
असहमति माथिको निर्मम दमनका क्रममा आममाफीले जेलमा रहेकाहरूलाई समेटेको छ वा छैन भन्ने बारे केही उल्लेख गरिएको छैन . तर संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले भने राजनीतिक बन्दीहरू रिहा भएकाहरूमध्ये केही भएको बताएको छ ।
प्रवक्ता जेरेमी लरेन्सले विश्वसनीय स्रोतलाई उद्धृत गर्दै पत्रकारसँग भने, “करिब ३०० जना राजनीतिक बन्दी रिहा भएका छन् ।”
उनका अनुसार हालसम्म तीमध्ये १९५ जनाको सनाखत भइसकेको छ ।