
नुवाकोटको विदुर नगरपालिका–३ मा रहेको ‘सिर्खाली महिला पञ्चेबाजा समूह’मा आवद्ध महिला दिदीबहिनीहरु शुक्रबार विदुर–५ मा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आयोजित कार्यक्रममा अतिथिको स्वागतमा बाजा बजाउँदै । एक वर्षअघि स्थापना भएको उक्त पञ्चेबाजा समूहले नौमती बाजा संरक्षण, प्रशिक्षणसहित व्यावसायिक रुपमा सेवा दिन थालेका छन् । तस्बिर : रामहरि न्यौपाने -रासस