×

NMB BANK
NIC ASIA

‘एकीकरणले भूगोलमात्र नभएर नेपाल र नेपालीको आम भावना समेटेको छ’

पुस २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

 पृथ्वीनारायण शाहको नेतृत्वमा निर्माण भएको आधुनिक नेपालको जग बलियो भएकै कारण नेपाली भएर गर्वका साथ बाँच्न पाएको वक्ताहरुले बताएका छन् ।  ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा पाँचथर जिल्ला कार्य समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रवक्ता सगुन सुन्दर लावतीले नेपाल एकीकरणले भूगोलमात्र नभएर नेपाल र नेपालीको आम भावना समेटेको बताए । 

Muktinath Bank

‘सैन्य रणनीति, कुटनीति र सहअस्तित्वबोधका धरातलमा सम्पन्न नेपाल एकीकरणले भूगोल मात्र नभएर नेपाल र नेपालीको आम भावना समेटेको छ । मन, मस्तिष्क र भावनाको एकता नभएको भए, आधुनिक नेपाल अहिलेसम्म कसरी एकजुट रहन सक्थ्यो होला,’  लावतीले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसम्मकै सबैभन्दा बृहद सामाजिक, राजनीतिक परिवर्तन र रुपान्तरण पृथ्वीनारायण शाहको नेतृत्वमा प्राप्त भएको भन्दै राप्रपाका नेता लावतीले भने, ‘शान्ति, समृद्धि र समावेशीकरणको नारा र लक्ष्य लिएका पछिल्ला परिवर्तनहरुले बरु सबै नेपालीको भावना र आकांक्षा एकीकृत गर्न, सम्बोधन गर्न सफल भएन ।’


Advertisment
Nabil box
Kumari

लावतीले नेपाली एकीकरणकै क्रममा लिम्बुवानका शासक र गोर्खा राज्यबीच सहअस्तित्वको आधारमा किपटलगायत अन्य अधिकारका सम्मान गर्दै सन्धि संझौता भएको स्मरण गरे ।

Vianet communication
Laxmi Bank

राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले पृथ्वी जयन्तीको दिन बिदा दिने राज्यको निर्णयलाई स्वागत गर्दै शाहका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

राप्रपाका केन्द्रीय सल्लाहकार सदस्य राजकुमार जोशीले विदेशी हस्तक्षेप बढीरहेको वर्तमान अवस्थामा नेपाल निर्माता पृथ्वीनारायण शाहका ‘नेपाल दुई ढुंगा बीचको तरुल हो’ भन्ने दिव्य विचार अनुकूल असंलग्न परराष्ट्र नीति व्यवहारमा अक्षरक्षः पालना गर्नु पर्ने बताए ।

नेपाली कांग्रेसका जिल्ला सचिव दिपक नेपाल, नेकपा माओवादी केन्द्रका जिल्ला नेता लालबहादुर गुरुङ, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव प्रेम रिजाल, नेकपा मालेका केन्द्रीय सल्लाहकार लय बाँस्कोटा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष चन्द्र आङदेङवे, प्रमुख जिल्ला अधिकारी गणेश गैरे तथा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरेले पृथ्वी जयन्तीको महत्वबारे प्रकाश पार्दै खुला हृदयका साथ राष्ट्रिय एकता दिवस मनाउनु पर्ने धारणा राखे ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x