×

NMB BANK
NIC ASIA

पार्टीभित्र पूर्वप्रधानमन्त्रीहरूको पकड रहेसम्म राजनीतिक अस्थिरता भइरहन्छ : गगन थापा

पुस ३०, २०७९

NTC
Premier Steels

कांग्रेस महामन्त्री गगन थापाले नेपालमा निर्वाचन अघि र पछाडिका एलायन्स नचल्ने देखिएको भन्दै नयाँ ढंगले बहसमा जानुपर्ने बताएका छन् ।

Muktinath Bank

पत्रकार रामकृष्ण भण्डारीको सत्ता संघर्ष विषयक पुस्तक विमोचन कार्यक्रममा थापाले मिश्रित निर्वाचन प्रणाली नहुँदा ४८ सालमा कांग्रेसले बहुमतको सरकार बनाउँदा पनि चल्न नसकेको भन्दै मिश्रित निर्वाचन प्रणालीभन्दा कार्यशैली र व्यवहार बदल्नुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘४८ सालपछि कांग्रेसले एकल बहुमत ल्यायो । त्यतिखेर मिश्रित प्रणाली थिएन । तर पनि हाम्रो एकल बहुमतको सरकार टिक्न सकेन । मिश्रित निर्वाचन प्रणाली हटाएर एउटै पार्टीले बहुमत ल्याए पनि थेग्न सक्छौं ? भन्ने ग्यारेन्टी के ?’ उनले भने, ‘निर्वाचन अगाडि मिल्नुपर्छ भनेर २०७४ मा एमाले र माओवादी मिल्दा फेल भयो । अहिलेको निर्वाचनमा कांग्रेस र माओवादी मिल्दा फेल भइसक्यो इलेक्सन अगाडिको एलायन्स त फेल भयो । पछाडिका त टिकेको नै छैन ।’ 


Advertisment
Nabil box
Kumari

यस्तो अस्थिरता अन्त्यका लागि दलभित्रै रहेको पूर्व प्रधानमन्त्रीको पकड र प्रभावलाई बदल्नुपर्ने उनले बताए । 

Vianet communication

‘हाम्रोमा अस्थिरता किन भयो भन्नेमात्रै हेरिन्छ । तर कम बहस र छलफल गरेको विषय नै यही हो । हाम्रो संस्था कस्तो हुने भनेर छलफल गर्नुपर्ने हो । पार्टी सत्ता कसरी निर्माण भएको छ भनेर हेर्नुपर्ने हो । किन कुनै दलभित्र पूर्वप्रधानमन्त्रीको पकड छ ? पहिले यसलाई बदल्नुपर्छ’ थापाले भने, ‘यसलाई नबदलेसम्म हामीले स्थायित्वको राग अलापेर पनि हुनेवाला छैन ।’

बहुदलमा नियमभित्र रहेर खेल्नुपर्ने भन्दै शक्ति बाँडफाँटमा कारण दिन सक्नुपर्ने पनि बताए । ‘बहुदलीय व्यवस्थामा पावर स्ट्रगल हुन्छ । तर किन गरेको के कारणले गरेको  भनेर खुला राख्नुपर्छ पारदर्शी हुनुपर्छ’ उनले भने, ‘अहिले प्रधानमन्त्रीले विपक्षीसँग किन विश्वासको मत मागेको ? त्यो बताउन सक्नुपर्छ । यसकारण मागेको भन्नुपर्ने हो । कारण खुलाउन सकिँदैन भने खुला गर्न सकिँदैन भने नियमसँग मिल्दैन । यस्तो गर्न पाइँदैन । प्रतिपक्षीले पनि भोट हाल्न मिल्दैन ।’

राजनीतिक स्थिरताका लागि कसरी काम गर्ने भन्नेमा नयाँ संसदले एक ठाउँमा उभिएर बहस र छलफल गर्न सक्नुपर्ने उनले बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x