२१ असार २०८३, आइतबार

पार्टीभित्र पूर्वप्रधानमन्त्रीहरूको पकड रहेसम्म राजनीतिक अस्थिरता भइरहन्छ : गगन थापा

पार्टीभित्र पूर्वप्रधानमन्त्रीहरूको पकड रहेसम्म राजनीतिक अस्थिरता भइरहन्छ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले नेपालमा निर्वाचन अघि र पछाडिका एलायन्स नचल्ने देखिएको भन्दै नयाँ ढंगले बहसमा जानुपर्ने बताएका छन् ।

पत्रकार रामकृष्ण भण्डारीको सत्ता संघर्ष विषयक पुस्तक विमोचन कार्यक्रममा थापाले मिश्रित निर्वाचन प्रणाली नहुँदा ४८ सालमा कांग्रेसले बहुमतको सरकार बनाउँदा पनि चल्न नसकेको भन्दै मिश्रित निर्वाचन प्रणालीभन्दा कार्यशैली र व्यवहार बदल्नुपर्ने बताए । 

‘४८ सालपछि कांग्रेसले एकल बहुमत ल्यायो । त्यतिखेर मिश्रित प्रणाली थिएन । तर पनि हाम्रो एकल बहुमतको सरकार टिक्न सकेन । मिश्रित निर्वाचन प्रणाली हटाएर एउटै पार्टीले बहुमत ल्याए पनि थेग्न सक्छौं ? भन्ने ग्यारेन्टी के ?’ उनले भने, ‘निर्वाचन अगाडि मिल्नुपर्छ भनेर २०७४ मा एमाले र माओवादी मिल्दा फेल भयो । अहिलेको निर्वाचनमा कांग्रेस र माओवादी मिल्दा फेल भइसक्यो इलेक्सन अगाडिको एलायन्स त फेल भयो । पछाडिका त टिकेको नै छैन ।’ 

यस्तो अस्थिरता अन्त्यका लागि दलभित्रै रहेको पूर्व प्रधानमन्त्रीको पकड र प्रभावलाई बदल्नुपर्ने उनले बताए । 

‘हाम्रोमा अस्थिरता किन भयो भन्नेमात्रै हेरिन्छ । तर कम बहस र छलफल गरेको विषय नै यही हो । हाम्रो संस्था कस्तो हुने भनेर छलफल गर्नुपर्ने हो । पार्टी सत्ता कसरी निर्माण भएको छ भनेर हेर्नुपर्ने हो । किन कुनै दलभित्र पूर्वप्रधानमन्त्रीको पकड छ ? पहिले यसलाई बदल्नुपर्छ’ थापाले भने, ‘यसलाई नबदलेसम्म हामीले स्थायित्वको राग अलापेर पनि हुनेवाला छैन ।’

बहुदलमा नियमभित्र रहेर खेल्नुपर्ने भन्दै शक्ति बाँडफाँटमा कारण दिन सक्नुपर्ने पनि बताए । ‘बहुदलीय व्यवस्थामा पावर स्ट्रगल हुन्छ । तर किन गरेको के कारणले गरेको  भनेर खुला राख्नुपर्छ पारदर्शी हुनुपर्छ’ उनले भने, ‘अहिले प्रधानमन्त्रीले विपक्षीसँग किन विश्वासको मत मागेको ? त्यो बताउन सक्नुपर्छ । यसकारण मागेको भन्नुपर्ने हो । कारण खुलाउन सकिँदैन भने खुला गर्न सकिँदैन भने नियमसँग मिल्दैन । यस्तो गर्न पाइँदैन । प्रतिपक्षीले पनि भोट हाल्न मिल्दैन ।’

राजनीतिक स्थिरताका लागि कसरी काम गर्ने भन्नेमा नयाँ संसदले एक ठाउँमा उभिएर बहस र छलफल गर्न सक्नुपर्ने उनले बताए। 

salt training

कमेन्ट गर्नुहोस्