२५ जेठ २०८३, सोमबार

बैंकिङ कसुरका फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

बैंकिङ कसुरका फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामेछापको रामेछाप नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका –३२ बस्ने ३३ वर्षीय शिवहरि खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटनको २०७९ मंसिर २० गतेको फैसलाले १४ दिन कैद र ४१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । 

आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी उनले चेक दिएका थिए । २०७८ सालको साउन र भदौ महिनामा दिएको २ थान चेकको रकम भुक्तान हुन नसेको घटनामा पीडितले उजुरी दिएपछि अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्