×

NMB BANK
NIC ASIA

मधेस प्रदेशमा कुष्ठरोगीको सङ्ख्या अत्यधिक

माघ १५, २०७९

NTC
Premier Steels

मधेस प्रदेशमा कुष्ठरोगीको सङ्ख्या अत्यधिक रहेको देखिएको छ । सत्तरीऔँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार जनकपुरधाममा सामाजिक विकास मन्त्रालयमातहतको स्वास्थ्य निर्देशनालयद्वारा आयोजित एक कार्यक्रममा कुष्ठरोगी अत्यधिक रहेको जानकारी दिइयो ।

Muktinath Bank

स्वास्थ्य निर्देशनालय कुष्ठरोग, क्षयरोग तथा एचआइभी एड्स शाखाका प्रमुख राजवीर यादवले चालु आर्थिक वर्ष २०७९÷८० मा नेपालमा दुई हजार दुई सय ८५ नयाँ कुष्ठरोगी रहेकामा मधेस प्रदेशमा मात्रै नौ सय १० जना कुष्ठरोगीका बिरामी रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैभन्दा बढी बारा जिल्लामा कुष्ठरोगी रहेको बताउँदै यादवले  नेपालका कुल रोगीमध्ये मधेस प्रदेशमा मात्र ४० प्रतिशत भेटिएको जानकारी दिए । प्रमुख यादवले उल्लिखित सङ्ख्याभन्दा पनि बढी कुष्ठरोगी रहे पनि सामाजिक विभेद, घृणाका कारण अस्पताल जाने वातावरण नरहेकाले वास्तविक सङ्ख्या पत्ता लगाउन समस्या रहेको बताए । 


Advertisment
Nabil box
Kumari

सरकारी तथ्याङ्कानुसार देशभरका १६ जिल्लामा कुष्ठरोग प्रति १० हजार जनसङ्ख्यामा एक भन्दा धेरै रहेको स्थिति छ । बाँके, सर्लाही, झापा, बर्दिया, महोत्तरी, धनुषा, मोरङ, सिरहा, कैलाली, रुपन्देही, कपिलवस्तु, रौतहट, पर्सा, अछाम, नवलपरासी पश्चिम र बारामा कुष्ठरोगी रहेका छन् । मधेस प्रदेशको सप्तरीबाहेक सबै जिल्लामा अहिले कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ ।

Vianet communication

‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मूल नाराका साथ धनुषाको सपहीमा सम्पन्न विश्व कुष्ठरोग दिवस कार्यक्रममा सहभागी लालगढ कुष्ठरोग सेवा केन्द्रका उपनिर्देशक डा कृष्णबहादुर तामाङले कुष्ठरोगीलाई उपचारमात्रै नभई सामाजिक सहयोगसमेत आवश्यक रहेको बताए । 

लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रले अहिले दैनिक चार सय छालाका रोगी तथा कुष्ठरोगीको उपचार गर्दै आएको छ । उपनिर्देशक तामाङले लालगढ अस्पतालले ९२ शय्यामार्फत छाला तथा कुष्ठरोगीका बिरामीको उपचार गर्दै आएको जानकारीसमेत दिए ।

एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रमअन्तर्गत महोत्तरी र धनुषा जिल्लाका ३३ स्थानीय तहमा कुष्ठरोगका बिरामीसँग सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरूलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ ।

नेपालमा विसं २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याका रूपमा निवारण (प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम बिरामी) भएको घोषणा गरिएको थियो । त्यस समयमा राष्ट्रियस्तरमा कुष्ठरोगको प्रकोप दर शून्य दशमलव ७७ रहेको थियो भने आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म शून्य दशलमव ८१ रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x