२५ जेठ २०८३, सोमबार

प्रहरी हिरासतबाट भागेका १ जना पक्राउ

प्रहरी हिरासतबाट भागेका १ जना पक्राउ

धनुषास्थित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका थुनुवाहरूमध्ये १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मिथिला नगरपालिका–६ बस्ने रोशन महतोलाई सोमवार साँझ ६ बजेतिर पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सोमवार बिहान साढे ३ बजेतिर हिरासत कक्षको पर्खाल भत्काई फरार भएका थुनुवालाई जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले ‘सर्च अपरेसन’ चलाई खोजतलास गरिरहेको छ ।

फरारमध्ये हातहतियार खरखजाना मुद्दा शीर्षकका थुनुवा महतो पक्राउ गरिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्