२५ जेठ २०८३, सोमबार

दुई फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

दुई फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

वर्दिया जिल्ला अदालतले दोसी करार गरी सजायको फैसला सुनाएका फरार दुई प्रतिवादीलाई वर्दिया प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बकुवाबाट खटेको प्रहरी टोलीले दुई जनालाई सोमबार पक्राउ गरेको हो ।

सूचना अधिकारी हिक्मत बहादुर बोहराका अनुसार लागूऔषध मुद्दामा २१ दिन कैद र १ हजार ३३३ जरिवाना करार गरिएका ठाकुरबाबा नगरपालिका ६ बस्ने विश्व थारुलाई पक्राउ गरी जिल्ला अदालतमा आवश्यक कारवाहीका लागि पेश गरिएको छ । 

सोहीअनुसार लागूऔषध मुद्दामा करार गरिएका फरार प्रतिवादी जीवन खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका ८ वर्दिया बस्ने खत्री २०७२ बाट फरार रहेका थिए । लुकिछिपी जिल्लामै बस्दैआएका दुवैलाई पक्राउ गरी अदालतमा पेश गरिएको सुचना अधिकारी बोहराले बताए । 

salt training

कमेन्ट गर्नुहोस्