चैत ६, २०७९
अर्थतन्त्रलाई चलायमान बनाउन नयाँ वर्षको अवसर पारेर वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलोपटक ‘रात्रि बजार’ लगाउने भएको छ । चैत ३० गते साँझदेखि २०८० वैशाख २ गते मध्यरातिसम्म वीरगञ्जको आदर्...
काठमाडाैं | माघ १७, २०७९
सरकारले विदेशी ऋणमा बनाएको पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प छ ।
९ महिना अगाडि सञ्चालनमा आएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ५ पुसदेखि कुनै पनि अन्तर्राष्ट्रिय उडान भएको छैन ।
कुवेतको जजीरा एयरलाइन्सले उडान बन्द गरेपछि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
हिमालय एयरलाइन्सले १७ कात्तिकदेखि चार्टर उडान शुरू गरेको भएपनि यसले नियमित उडान शुरू गर्न सकेन भने भैरहवाबाट हुने चार्टर पनि बन्द गर्यो
यो विमानस्थलमा उपकरण अवतरण प्रणाली अर्थात इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गर्न भारतले सहमति नदिँदा अन्तर्राष्ट्रिय उडान प्रभावित हुन पुगेको हो ।
नेपाल नागिरक उड्डयन प्राधिकरणले पछिल्लाे पटक कात्तिकमा तिरेकाे विमानस्थल बनाउन लिएकाे ऋणकाे किस्ता
जाडोको समयमा हुस्सुका कारण मौसम खराब हुने र उक्त प्रविधि नहुँदा कम भिजिबिलिटीमा जहाज अवतरण हुन नसक्ने समस्या छ । ८ सय मिटरको भिजिबिलिटीमै जहाज अवतरण गर्न सक्ने उक्त आईएलएस रेडियो नेभिगेसन प्रणाली नहुँदा रातिको समय तथा खराब मौसममा जहाज अवतरण हुन सक्दैन । यो प्रविधि नहुँदा विदेशी वायुसेवाले चाहेर पनि गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गराउन सकेका छैनन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार जजीराले प्राविधिक कारण देखाएर उडान स्थगित गरेको थियो । उसले फेरि माघ अन्तिमदेखि साताको ४ वटा उडान अनुमति मागिसकेको छ । उनले भने, ‘हंगेरीको वायुसेवाले संयुक्त अरब इमिरेट्स (युएई)बाट उडान गर्न चाहेको छ । यी दुवै वायुसेवा आउने तयारीमा रहेकाले छिट्टै भैरहवाबाट पुनः नियमति उडान शुरू हुन्छ ।’
उनका अनुसार आईएलएस सिस्टम जडान भइसकेको छ, तर जहाज उडान गर्दा भारतीय भूमि प्रयोग हुने भएकाले भारतको अनुमति चाहिएको हो । अनुमति नआएपनि अब जाडो कम हुँदै गएकाले यो विमानस्थलबाट उडानमा समस्या नहुने तर्क दाहालको छ । यो विमानस्थमा अहिले देखिएको भिसा सेन्टर, स्वास्थ्य परीक्षा र अभिमुखीकरण तालिमसम्बन्धी समस्या पनि समाधान हुँदैछ । श्रम कार्यालय खुलिसकेकाले अब यो विमानस्थलबाट हुने उडान थप सहज हुने पनि दाहालले बताए ।
१७ पुसमा औपचारिक उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि आन्तरिक उडानमै सीमित छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको संरचना तयार छ । भैरहवामा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडानको चेकिङदेखि यात्रु प्रस्थान/आगमनसहितको संरचना तयार छन् । कर्मचारी, सुरक्षा निकायदेखि विमानस्थमा सबै विभाग तयारी अवस्थामा छन् । तर, दुवैबाट अन्तर्राष्ट्रिय उडान भने शून्य छ ।
पोखरा उद्घाटन गरेकै दिन बुद्ध एयरलाइन्सले भारतको वनारस उडान शुरू गर्ने प्रस्ताव गरेको थियो । तर, भारतले नै अनुमति नदिएका कारण अहिलेसम्म अन्तरदेशीय उडान हुन सकेको छैन । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका कुनै पनि वायुसेवाले अहिलेसम्म चासो देखाएका छैनन् ।
पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै १ (माघमा) यती एयरलाइन्सको जहाज दुर्घटना पर्नु नेपाली उड्डयन तथा यो एयरपोर्टकै लागि अभिसाप भएको छ । यती एयरलाइन्सको जहाज दुर्घटनापछि पोखरा विमानस्थलको उडान नै ५० प्रतिशतसम्मले घटेको छ ।
भैरहवा विमानस्थलकाे ऋण र यसकाे ऋणा तिर्ने तालिका
जाडोको बेला अफ सिजन भएकाले उडान तुलनात्मक रूपमा कम नै हुने गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रमराज गौतले बताए । उनका अनुसार यती एयरको जहाज दुर्घटनापछि उडान केही घटेको देखिएको छ । यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गराउने विषयमा तयारी भइरहेको र छिट्टै सुचारु हुने दाबी उनले गरे ।
सञ्चालन खर्च धान्न समस्या, कर्मचारी फुर्सदिला
पोखरा र भैरहवा दुवै विमानस्थलबाट आन्तरिक उडान मात्रै हुँदा ३६/३६ जना स्थायी दरबन्दीका कर्मचारीले काम गरेका थिए । विमानस्थलको क्षमता विस्तार भएर अन्तर्राष्ट्रिय भएपछि भैरहवामा १४१ जना कर्मचारी पुगिसकेका छन् भने १६५ जना बनाउन प्राधिकरणले दरबन्दी स्वीकृतिको तयारी गरिरहेको छ । पोखरामा पनि १६५ जना कर्मचारीको दरबन्दी स्वीकृत गराइसकेको छ ।
दुवै विमानस्थल २४ सै घण्टा सञ्चालन गर्न उक्त संख्यामा कर्मचारी आवश्यक भएको उड्डयन प्राधिकरणले जानकारी दिएको छ । स्थायी दरबन्दीबाहेक पोखरामा आन्तरिक मात्रै हुँदा २३ जना आउटसोर्सिङका कर्मचारी थिए । अहिले ४० जना पुगेका छन् । भैरहवामा पनि करीब ७० जना आउटसोर्सिङका कर्मचारी छन् ।
प्राधिकरण अन्तर्गत हाल जम्मा ११ सय २२ कर्मचारीको दरबन्दी छ । कर्मचारीका लागि प्राधिकरणले वार्षिक १ अर्ब ६० करोड रुपैयाँ खर्च गर्छ । आउटसोर्सिङबाट आएका करारका कर्मचारीलाई भने औसत प्रतिव्यक्ति २५ देखि २६ हजार रुपैयाँ मासिक खर्च गर्दै आएको प्राधिकरणले जानकरी दिएको छ ।
प्राधिकरणका अनुसार दुवै अन्तर्राष्ट्रिय विमानस्थलमा गरी २ सय जनाभन्दा बढी कर्मचारी फुर्सदिला छन । विमानस्थलमा तयारी अवस्थामा बस्नुपर्ने, प्राधिकरणबाहेक अन्य सेवाप्रदायक पनि तयारी अवस्थामा नै खटिनुपर्ने हुँदा सञ्चालन खर्च बढेको छ । यस्तो खर्च आन्तरिक विमानस्थल मात्रै सञ्चालन हुँदाको तुलनामा अन्तर्राष्ट्रिय हुँदा स्वाभाविक रूपमा धेरै हुने प्राधिकरणकै अधिकारीहरू बताउँछन् । प्राधिकरणका अनुसार पोखरा विमानस्थलमा पछिल्लो एक वर्षको बिजुलीको बिल मात्रै करीब ४० लाख पुगेको छ । यस्तो बिल आन्तरिक विमानस्थल मात्रै हुँदा जम्मा २ देखि साढे २ लाख रुपैयाँले पुग्ने थियो । यो तथ्यांकले पनि विमानस्थलको सञ्चालन खर्च कसरी बढ्ने रहेछ भनेर थाहा हुने प्राधिकरणका एक अधिकारीले बताए ।
पाेखरा विमानस्थलकाे ऋण र यसकाे किस्ता तिर्ने तालिका (रकम चिनियाँ मुद्रामा)
प्राधिकरणको ऋण ३२ अर्ब पुग्यो, ऋणका आयोजनाले कमाउने अनिश्चित
प्राधिकरणको अहिलेसम्मको ऋण ३२ अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणले लिएको ऋणमध्ये सबैभन्दा धेरै पोखरा विमानस्थलकै लागि हो । यो विमानस्थलका लागि लिएको ऋण २२ अर्बको हाराहारीमा छ । चालू आवमा थपिएको ऋणसहित प्राधिकरणको दायित्वमा गत वर्षको तुलनामा ४ अर्ब रुपैयाँ ऋण थप भइसकेको हो । गत आर्थिक वर्ष २०७८/७९ सम्ममा भने प्राधिकरणको ऋण २८ अर्ब ५५ करोड रुपैयाँ थियो ।
यस्तो ऋणमा पोखरा विमानस्थलको १७ अर्ब २५ करोड, गौतमबुद्ध विमानस्थलको ४ अर्ब ३५ करोड र त्रिभुवन विमानस्थल सुधार आयोजनाअन्तर्गत लिएको ऋण करीब ७ अर्ब रुपैयाँ रहेको प्राधिरकरणले जानकारी दिएको छ ।
प्राधिकरणको ऋणको भार बढिरहेको भएपनि ऋणका आयोजनाको कमाइ अनिश्चित हुँदा प्राधिकरणलाई दबाब बढ्न थालेको छ । प्राधिकरणले किस्ताबापत भैरहवा विमानस्थलका लागि मात्रै करीब सवा ४ करोड रुपैयाँ भन्दा बढी मासिक तिर्नुपर्छ ।
प्राधिकरणले भैरहवा विमानस्थलको किस्ता गत कात्तिक मसान्तमा मात्रै ४ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरेको छ । भैरहवाका लागि प्राधिरकणले वर्षको २ पटक गरेर २४ वर्षसम्म ऋणको सावाँ ब्याज भुक्तानी गर्नुपर्छ ।
यस्तो किस्ता हरेक कात्तिक र वैशाखमा १ लाख १२ हजार ७०९ डलर तिर्नुपर्ने हुन्छ । यो विमानस्थलका लागि प्राधिकरणले २०७५ देखि ऋणको किस्ता तिर्न शुरू गरिसकेको छ ।
पोखरा विमानस्थलका लागि भने प्राधिकरणले आगामी चैतदेखि किस्ता तिर्न शुरू गर्नुपर्छ । प्राधिकरणले पोखरा विमानस्थलका लागि हरेक किस्ताबापत ५ करोड ३० लाख २८ हजार ४६१ रकम चिनियाँ मुद्रामा सटही गरेर बुझाउनुपर्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला सबै विमानस्थलले नाफा कमाउनुपर्छ भन्नुभन्दा आवश्यकताको सिद्धान्तअनुसार हेर्नुपर्ने बताउँछन् ।
नेपालमा अहिले ५४ वटा विमानस्थल छन् । सबै विमानस्थलले नामा कमाउँछन् भन्ने ग्यारेन्टी नहुने भन्दै उनले नाफा कमाउने र नकमाउने दुवैमा सेवा भने दिइरहनुपर्ने तर्क गरे ।
अहिलेसम्म प्राधिकरणले लिएको ऋण ३२ अर्ब रुपैयाँमात्रै भएकाले कमाएरै तिर्न सकिने अवस्था रहेको उनको दाबी छ । सोही कारण पनि अहिल्यै पुनर्मूल्याङ्न गर्नु आवश्यक नरहेको उनको भनाइ छ ।
अर्थतन्त्रलाई चलायमान बनाउन नयाँ वर्षको अवसर पारेर वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलोपटक ‘रात्रि बजार’ लगाउने भएको छ । चैत ३० गते साँझदेखि २०८० वैशाख २ गते मध्यरातिसम्म वीरगञ्जको आदर्...
सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाए पनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा नयाँ श्रम स्वीकृति...
सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी व...
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासको लागि बुढीगण्डकी जलविद्युत् आयोजना छिटो अघि बढाउनुपर्ने बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारण सभालाई प्रमुख...
भोलि मंगलवार घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन द...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा करिब रू १२ अर्ब भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५२ दशमलव ०२ प्रतिशत हो । विमानस्थल भन्सार कार्यालयले चालू आवको फागुनसम्म...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...