
बिहीवार पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान भएका छन् ।
ट्र्याक्टरमा आगजनी गरेकोसम्बन्धी झण्डै १० वर्ष पुरानो मुद्दामा बाँकेबाट पक्राउ परेका चौधरीलाई शुक्रवार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्रबहादुर पालले लोकान्तरलाई जानकारी दिए ।
जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैद र ८ लाख १९ हजार जरिवाना यसअघि नै सुनाएको थियो । उनी फरार थिए ।
कैलाली– २ बाट प्रतिनिधिसभा सांसद बनेपछि उनले पुरानो सजाय भुक्तान नगरेको र फरार रहेको खुलेको थियो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पनि टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका छन् ।