कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
फागुन ८, २०७९
बहुउपयोग गर्ने उद्देश्यले १ अर्ब ११ करोड लागतमा निर्माण गरिएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) ‘बिजनेसविहीन’ बनेको छ ।
बुटवल रामनगरस्थित सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि नबन्दा ८ वर्ष लगाएर तयार पारिएको ठूलो परियोजना बेकामे बन्न पुगेको हो ।
६ महिना अगाडि (११ भदौ) तामझामका साथ तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्मेलन केन्द्रको उद्घाटन गरेका थिए । तर, अहिलेसम्म उपयोग भएको छैन ।
शहरी विकास मन्त्रालयले बनाएको भवनबाट सेवा सञ्चालन नहुँदा करोडौं मूल्यका उपकरणहरू बिग्रिने जोखिम बढ्न थालेको छ । सम्मेलन केन्द्रको सञ्चालन खर्च मात्रै मासिक १२ लाख रूपैयाँभन्दा बढी छ ।
आम्दानी शून्य हुँदा सम्मेलन केन्द्र ‘सेतो हात्ती’ बन्ने त होइन भन्ने चिन्ता बढेको छ । अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन, गोष्ठी र सेमिनार सहजीकरणका लागि निर्माण गरिए पनि बीआईसीसी सुनसान छ ।
पूर्वाधार र व्यवस्थापन पूर्णरूपमा तयार भए पनि बुटवल उपमहानगरपालिका वडा नम्बर– १२ बुटवल मण्डपमा रहेको सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि बन्न सकेको छैन ।
भवन डिभिजनले गत जेठमा सम्मेलन केन्द्र सञ्चालनका लागि कार्यविधिको मस्यौदा बनाएको थियो । मन्त्रालयका सूचना अधिकारी प्रदीप परियारले सञ्चालन कार्यविधि बनाएर सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको बताए ।
‘विभागबाट आएको कार्यविधि सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएका छौं । अहिलेसम्म अर्थबाट सहमति प्राप्त भएको छैन,’ परियारले लोकान्तरसँग भने, ‘सहमति प्राप्त भएपछि मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाइन्छ । स्वीकृत भएपछि सञ्चालनमा आउने हो । निजी क्षेत्रलाई पनि दिन सकिने गरी कार्यविधिमा छलफल गरेका छौं ।’
कार्यविधिका लागि विभागका उपमहानिर्देशकको संयोजकत्वमा कार्यदल बनेको छ ।
सम्मेलन केन्द्र एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलको अग्रसरतामा बनेको आयोजना हो । पौडेलले कार्यविधि छिटो बनाएर बीआईसीसी पूर्ण ‘फेज’मा दीर्घकालीनरूपमा सञ्चालन गर्न चासो दिएका छन् ।
सम्मेलन केन्द्रमा १ हजार जना अट्ने गौतमबुद्ध नामक मुख्य सभाहल छ । यससहित २ हजार ७ जना अट्ने क्षमताका १३ वटा साना–ठूला अन्य हलहरू छन् । तिनलाई सम्मेलन, गोष्ठी र भीआईपी बैठक गर्न मिल्ने गरी तयार गरिएको छ ।
स्थानीय तहले सञ्चालन गर्ने भन्दै बुटवल उपमहानगरपालिकाले सम्मेलन केन्द्र निर्माणका लागि बुटवल मण्डपमा रहेको ९ बिघा ६ कट्ठा क्षेत्रफल जग्गा उपलब्ध गराएको थियो । तर, यी दुई सरकारी निकायबीच समन्वय नहुँदा अहिलेसम्म केन्द्र कसले कसरी सञ्चालन गर्ने भन्ने टुंगो लागेको छैन ।
सम्मेलन केन्द्रका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले मन्त्रालयले बजेट नपठाउँदा विद्युत् महसुल समेत सम्मेलन केन्द्रले तिर्न नसकेको बताए । १० लाख रुपैयाँ विद्युतको महसुल पुगिसकेको छ,’ पन्थीले लोकान्तरसँग भने, ‘विद्युत् प्राधिकरणले लाइन काटिदिन्छु भन्छ । अहिले बन्द गरेर राखिएको छ । बजेट पाइएको छैन ।’
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरपालिकालाई सञ्चालनको अनुमति दिए चलाउन तयार रहेको बताए । उनले अन्य प्रक्रियाबाट भए पनि सञ्चालन गर्न ढिलाइ गर्न नहुने बताए ।
‘हामीलाई चलाउन दिए तयार छौं भनेर अगाडिदेखि नै भन्दै आएका छौं,’ प्रमुख पाण्डेयले भने, ‘चलाउने भएपनि छिटो चलाए हुने । सञ्चालन नहुँदा परिसर जीर्ण होला, उपकरणहरू काम नलाग्ने होलान्, त्यसैले छिटो निर्णय गर्दा हुन्थ्यो ।’
सम्मेलन केन्द्र सञ्चालनमा नआउँदा पनि रेखदेख र सरसफाइ खर्च हुने गर्दछ । सम्मेलन केन्द्र परिसरमा दुबो कटिङ र पानी हाल्ने, रूखहरू गोडमेल गर्ने, सरसफाइ र रेखदेखका लागि सुरक्षातर्फका गरेर १८ जना कर्मचारी खटिएका छन् । त्यस्तै, जडान भएको बिजुली नबाले पनि महिनाको ८४ हजार नेपाल विद्युत् प्राधिकरणलाई महसुल तिर्नुपर्ने हुन्छ ।
बुटवललाई महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडेर पर्यटन प्रबर्द्धन गर्न र ग्रेटर लुम्बिनी क्षेत्रभित्र पूर्वाधार विकास गर्न भन्दै बनाइएको सम्मेलन केन्द्र आकर्षक र अत्याधुनिक छ । आधुनिक किसिमले बनाइएको हललाई आकर्षक किसिमले सिंगारिएको छ ।
प्रयोग भएका सामग्री र त्यसको सजावट उन्नत र अन्तर्राष्ट्रिय प्रविधिका छन् । बाल्कोनीसहितका हलमा आकर्षक तरिकाले कुर्सी र साउन्ड सिस्टम जडान गरिएको छ । सम्मेलन केन्द्र निरन्तर सञ्चालनमा नआए ती सामान बिग्रँदै जाने इन्जिनीयरहरू बताउँछन् ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजूले सम्मेलन केन्द्र सञ्चालनमा ढिलाइ गर्न नहुने बताउँछन् । सम्मेलन केन्द्रमा दुईवटा भवन छन् । ती राष्ट्रिय झण्डाको चन्द्रसूर्य आकारका छन् । चन्द्र आकारमुनि दुईवटा ठूला हल छन् भने सूर्य आकारको भवनमा ११ वटा हल छन् । केन्द्रभित्रै दुईतले भवनमा व्यावसायिक क्षेत्र, रेस्टुराँ, बैंक एटीएम, खाजा घर र प्रशासनिक कामका लागि छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । कर्मचारीका लागि तीन तलाको छुट्टै आवासगृह छ । सम्मेलन केन्द्रको चारैतिर आकर्षक चारवटा प्रवेशद्वार बनाइएको छ । हेलिप्याडसहित ४०० गाडी र ४०० मोटरसाइकल अटाउने क्षमताको खुला पार्किङ छ ।
केन्द्रमा विशिष्ट व्यक्तिहरू सिधै आउनका लागि सभाहल परिसरभित्र नै हेलिप्याड बनेको छ । लिफ्टको सुविधासहित बनेको सभाहलमा विद्युत आपूर्ति टान्फर्मरसँगै ठूलो क्षमताको जेनेरेटर जडान गरिएको छ ।
सम्मेलन केन्द्र सञ्चालन हुँदा पानीको माग धेरै हुने भएकाले खानेपानी र अन्य प्रयोजनका लागि छुट्टै बोरिङको व्यवस्था गरिएको छ । १० हजार प्रतिघण्टा वाटर ट्रिटमेन्ट प्लान्टलगायत ८० हजार लिटर क्षमताका ४ वटा अन्डर ग्राउन्ड पानी ट्याङ्की निर्माण गरिएको छ ।
त्यसैगरी कुनै कारणवश आगलागी भयो भने तत्काल आगो निभाउनका लागि हरेक हल र प्यासेज क्षेत्रमा फायर फाइटिङको व्यवस्था गरिएको छ । त्यसका लागि सम्मेलन केन्द्र परिसरमा ८० हजार लिटरको अन्डरग्राउन्ड ट्याङ्की र सातवटा अटोमेटिक पम्प जडान गरिएको छ । आकर्षण थप्नका लागि सम्मेलन केन्द्रमा रहेको खुला क्षेत्रमा दुबो र रुख रोपिएको छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...