२३ जेठ २०८३, शनिबार

नाबालिगको तस्बिरमा अश्लीलता जोडेर हैरानी दिने पक्राउ

फागुन १४, २०७९
नाबालिगको तस्बिरमा अश्लीलता जोडेर हैरानी दिने पक्राउ

नाबालिगलाई सामाजिक सञ्जालमा साथी बनाएर अश्लीलता जोडी हैरानी दिए  एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका वडा नं ४ स्थायी वतन भई सोही स्थान बस्ने २७ वर्षीय मुगाधन श्रेष्ठलाई साइबर ब्युरोले पक्राउ गरेको हो । 

उनले आफ्नो फेसबुक प्रोफाइलमा नाम र तस्विर महिलाको राखी साथी बन्न अनुरोध पठाएपछि नाबालिकाले अनुरोध स्वीकार गरेर वार्तालाप गर्ने गरेकी थिइन्  ।

वार्तालापको क्रममा श्रेष्ठले नाबालिकाको प्रोफाइलबाट तस्विरहरू डाउनलोड गरी सोही तस्विरमा अन्य अश्लील तस्विरहरू जोड्दै मेसेन्जर मार्फत पठाउन थालेपछि अभिभावकले साइबर ब्युरोमा उजुरी दिएका थिए । 
अनुसन्धानका क्रममा श्रेष्ठको संलग्नता देखिएपछि  ओखलढुङ्गा प्रहरीको सहयोगमा उनलाई पक्राउ गरिएको ब्युरोले विज्ञप्तिमार्फत जनाएको छ ।  

उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा  काठमाडौं जिल्ला अदालतबाट दिन ७  दिनको म्याद लिएर अनुसन्धान थालिएको ब्युरोले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्