मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
फागुन १५, २०७९
सत्ता साझेदार दल नेकपा एमाले सरकारबाट फिर्ता भएको छ ।
सचिवालय बैठकले पार्टी सरकारबाट फिर्ता हुने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ ।
प्रचण्ड १० पुसमा १६९ सांसदको समर्थनमा प्रधानमन्त्री चयन चयन भएका थिए । २६ पुसमा उनलाई कांग्रेससहित दलले विश्वाससको मत दिँदा २६८ सांसदको समर्थन पाएका थिए ।
तर कांग्रेसको समर्थनपछि एमाले बाहिरिए पनि प्रचण्ड बहुमत छ भनेर विश्वासको मत नलिई बस्न सक्ने संवैधानिक व्यवस्था नभएको संविधानविद् भीमार्जुन आचार्य बताउँछन् ।
‘नेपालको संविधानको धारा १०० को उपधारा २ ले प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भए वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मतको लागि प्रतिनिधिसभामा प्रस्ताव राख्नुपर्ने हुन्छ’, आचार्यले लोकान्तरसँग भने, ‘मसँग बहुमत छ विश्वासको मत लिन्नँ भन्नै पाइँदैन । किनकि यो संवैधानिक व्यवस्थाले प्रस्ट पारेको विषय भएको हुनाले नजरअन्दाज गर्न पाइँदैन ।’
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी १४ सिट भएको राप्रपाले १३ फागुनमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्री पनि फिर्ता बोलाएको थियो । संविधानविद् आचार्य सोही दिनको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने समय शुरू भएको बताउँछन् ।
२६८ सांसदको समर्थन पाएका प्रधानमन्त्रीलाई एमालेका ७९ र राप्रपाका १४ सांसदले समर्थन फिर्ता लिए पनि अझै १७५ सांसदको समर्थन भने कायम नै छ ।
‘एमालेले समर्थन फिर्ता लिएपछि मात्रै होइन १३ फागुनमा राप्रपाले समर्थन फिर्ता लिएदेखि नै प्रधानमन्त्रीले विश्वासको मत लिने समय ३० दिनको गणना हुन्छ’, उनले भने, ‘मसँग बहुमत छ भनेर प्रधानमन्त्री उम्कन मिल्दैन ।’
संविधानको धारा १०० को उपधारा २ ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भए वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिए ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतको लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ उल्लेख छ ।
प्रधानमन्त्रीले विश्वासको मत कायम गर्न नसके पदबाट मुक्त हुनेछन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...