२२ असार २०८३, सोमबार

राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने

फागुन १६, २०७९
राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने

राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । आज उम्मेदवारले चाहेमा आफ्नो उम्मेदवारी फिर्ता लिन पनि सक्नेछन् । उमेदवारी फिर्ता लिन चाहने उमेदवारले उमेदवारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ । यसअघि गत शनिबार उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए ।  

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिको निर्वाचनका लागि उमेदवारी दर्ता गराएका छन् । पौडेललाई आठ दलीय गठबन्धनको साथ छ । उम्मेदवारी दर्तामा आठ दलका शीर्ष नेता पौडेलका प्रस्तावक र सम्मर्थक बसेका थिए । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुई वटा मतदान केन्द्र रहनेछन् । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुनेछ । सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्