३१ असार २०८३, बुधबार

सभापति देउवाले गरे संसदीय कार्य समितिका सदस्यसँग छलफल

फागुन १७, २०७९
सभापति देउवाले गरे संसदीय कार्य समितिका सदस्यसँग छलफल

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको कार्य समितिमा रहेका सदस्यहरुसँग आज विहान छलफल गरेका छन् । धुम्बाराहीस्थित आफ्नै निवासमा उनले पार्टीको संसदीय दल कार्यसमितिका सदस्यहरुसँग छलफल गरेका हुन् । 

सभापति देउवाको सचिवालयले दिएको जानकारी अनुसार उनले समसामयिक राजनीतिक घटनाक्रम र अबको कार्यनीतिबारेमा परामर्श गरेका हुन् । छलफलमा महामन्त्री, प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुख सचेतक समेतको उपस्थिति थियो ।  

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहेका बेला सभापति देउवाले सो विषयमा परामर्श शुरु गरेका छन् । 

सरकारमा सहभागिता र विश्वासको मत तथा राष्ट्रपति निर्वाचनलगायत विषयमा सभापति देउवाले संसदीय दल कार्यसमिति बैठकमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । बैठकमा फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन र पार्टीको तर्फबाट उम्मेदवार बनेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गर्ने विषयमा समेत सभापति देउवाले आवश्यक परामर्श गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्