३० असार २०८३, मंगलबार
आईसीसी क्रिकेट लिग टु

यूएईविरुद्ध नेपाली टोली दबाबमा, सस्तैमा गुम्यो ४ विकेट

फागुन १८, २०७९
यूएईविरुद्ध नेपाली टोली दबाबमा, सस्तैमा गुम्यो ४ विकेट
फाइल फोटो

आईसीसी क्रिकेट विश्वकप लिग टुमा यूएईविरुद्ध नेपाली टोली दबाबमा परेको छ ।

२०८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा ५४ रन जोड्दा नेपालले ४ विकेट गुमाइसकेको छ ।

आसिफ शेख १७ र कुशल भुर्तेल ५ रन जोडेर आउट हुँदा ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले रनको खाता खोल्न सकेनन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन जोडेको थियो ।

शीर्ष ३ मा पर्दै विश्वकप क्वालिफायरमा सिधै स्थान बनाउन दुवै टोलीलाई जित्नै पर्ने दबाब छ ।

salt training

कमेन्ट गर्नुहोस्