चैत ८, २०७९
दैलेखमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मनकामना ग्यासका सिलिन्डर बोकेको भे१ख २२०१ नम्बरको ट्रक बुधवार नेपालगञ्जबाट दैलेख जाँदै गर्दा दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरीमा दुर्घटना भएको ...
काठमाडाैं | फागुन २९, २०७९
राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवहरूले ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको छ ।
कर्मचारीको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो ।
कतिपय कर्मचारीको शुरू सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरण समेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए ।
'यो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि हो,' उनले भने ।
निजामती सेवा नियमावली- २०५० को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको हो ।
हेर्नुहोस्, सूचना :
सचिव र सहसचिव पदमा पुगेका कर्मचारी पनि शुरूमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उनीहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको छ ।
विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने किताबखानाले जनाएको छ ।
हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिव सरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारीहरू कार्यरत रहेका छन् ।
संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तिगत विवरण अद्यावधिक गर्न लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
दैलेखमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मनकामना ग्यासका सिलिन्डर बोकेको भे१ख २२०१ नम्बरको ट्रक बुधवार नेपालगञ्जबाट दैलेख जाँदै गर्दा दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरीमा दुर्घटना भएको ...
मंगलबार राति अफगानिस्तान केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का भारतसहित विभिन्न देशमा महसुश भएको समाचारहरुमा जनाइएको छ। इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले भारतसहित तुर्कुमेनिस्तान,...
नेपाली सेनाले घोडेजात्राका अवसरमा ६६ वटा घोडा प्रयोग गर्दैछ । आज (मंगलवार) टुँडिखेलमा आयोजित समारोहमा हेभी घोडा १० वटा, लाइट घोडा ४६ वटा र पोनी घोडा १० प्रयोग गर्न लागिएको सेनाले जनाएको छ । सेनाका...
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो साताभित्र भइसक्ने बताएकी छन् । बिहीवार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरु...
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित चार नेताले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका छन् । ज्ञानेन्द्रलाई भेट्न राप्रपाका नेताहरू झापाको दमक पुगेका थिए । अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...