×

NMB BANK
NIC ASIA

काठमाडौं उपत्यकाका २१ वटै पालिका उपप्रमुखहरूको सञ्जाल गठन

चैत १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकाका २१ वटै पालिकाका उपप्रमुख र उपाध्यक्षहरूको सञ्जाल ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ ।

Muktinath Bank

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख (उपप्रमुख) सुनिता डंगोलको संयोजकत्वमा बसेको बैठकले सञ्जाल गठन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले उपत्यकाका उपप्रमुख र उपाध्यक्षको क्षेत्रधिकारभित्र रहेका सबै काममा एकरूपता ल्याउन सञ्जाल गठन गरेको डंगोलले जानकारी दिइन्। ‘न्यायिक समिति भनेको स्थानीय तहको अदालत नै हो,’ उनले भनिन्, ‘जिल्ला अदालत काठमाडौँका मुख्य न्यायधीश राजुकुमार खतिवडाज्युको समेत उपस्थितिमा बसेको बैठकमा हामीले गरेका कामहरू न्यायिक समितिको काम, कर्तव्य र अधिकारसँगै न्यायिक निरूपणका लागि आवश्यक विषयमा उहाँसँग छलफल गरियो । यो एकदमै फलदायी भयो ।’ 


Advertisment
Nabil box
Kumari

समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरूपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदान प्रदान गर्न पनि सञ्जाल फलदायी हुने डंगोलको भनाइ छ ।

Vianet communication
Laxmi Bank

‘न्यायिक समितिका कुरा, अनुगमनका कुरा, उपभोक्ता हितलगायतका विषयमा एकरूपता ल्याउनका लागि पनि यो सञ्जाल फदायी होला भन्ने कोणबाट छलफल भयो । यो छलफलमा हामीले यसका लागि काठमाडौं उपत्यकाभित्रका उपप्रमुख–उपाध्यक्षको एउटा सञ्जाल बनाऔँ भन्ने भयो,’ डंगोलले भनिन्, ‘यो सञ्जाललाई अब तालिका बनाएरै उपप्रमुख–उपाध्यक्षको क्षेत्रधिकार भित्र पर्ने विषयहरूलाई एकरूपता कायम गर्दै प्रभावकारी बनाउने ढंगले अघि बढाउँछौँ ।’ 

उपप्रमुख–उपाध्यक्षहरूको क्षमता विकासमा पनि यसले टेवा पुर्याउने विश्वास लिएको डंगोलले जानकारी दिइन् ।

‘हामीले सञ्जाल बनाउने त निर्णय गर्यौ । अब यस्ले के गर्छ भन्ने पनि त प्रश्न आउँछ,’ उनले भनिन्, ‘उपप्रमुख–उपाध्यक्षको भेट हुँदा चिया खाने गफ गर्ने छुटिने होइन । हरेक बैठकमा हामी कुनै एक निश्चित विषयवस्तुमा केन्द्रित भएर छलफल गर्छौ । विषयविज्ञको उपस्थितिमा कार्यपत्र नै प्रस्तुत गरेर बैठकमा छलफल गर्नेसम्मको तयारी हामीले गरेका छौँ ।’ 

काठमाडौं महानगरमा बसेको पहिलो बैठकले सञ्जाल विस्तारसँगै दोस्रो बैठकको अध्यक्षता कस्ले गर्ने भन्ने विषयको पनि टुंगो लगाएको उनले जानकारी दिइन्। 

‘हामी जुन पालिकामा बैठक बस्छौँ । त्यही पालिकाकै उपप्रमुख–उपाध्यक्षले अध्यक्षता गर्नुहुन्छ,’ उनले भनिन्, ‘कम्तीमा एक–एक महिनामा बैठक बस्ने र त्यही पालिकाको उपप्रमुख–उपाध्यक्षले अध्यक्षता गर्ने भन्ने भएको छ । यो पटक काठडमाडौं महानगरपालिकामा बैठक बसेकाले अध्यक्षता मैले गरेँ । अब अर्को बैठक बुढानिलकण्ठमा बस्छ । त्यहाँको अध्यक्षता बुढानिलकण्ठकै उपप्रमुखले गर्नुहुन्छ । अर्को पालिकामा बस्दा त्यहि पालिकाको उपप्रमुख–उपाध्यक्षले अध्यक्षता गर्नुहुन्छ ।’ 

अब तेस्रो बैठकको मिति र स्थान बुढानिलकण्ठमा बस्ने बैठकले गर्ने जानकारी उनले दिइन्। 

‘तेस्रो बैठकको मिति र विषय दोस्रो बैठकले निर्णय गर्छ । यो खालको प्रणालीको थालनी गर्ने हामीले निर्णय गरेका छौँ,’ उनले भनिन्, ‘हामीले बैठकको निर्णय माइन्युट गर्नका लागि सचिवालयचाँहि काठमाडौं महानगरपालिकाको उपप्रमुखकै सचिवालयले हेर्ने गरी गर्ने भन्ने निर्णय गरेका छौँ ।’ 

कतिपय महत्वपूर्ण विषयहरू उपप्रमुख–उपाध्यक्षको कार्यक्षेत्र भित्र पर्ने भए पनि प्रमुख र अध्यक्षले पनि जानकारीमा राख्नुपर्ने भएकाले बैठकमा आवश्यकताका आधारमा प्रमुख, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई बोलाउने निर्णय भएको पनि उनले जानकारी दिइन्।

‘हामीले आवश्यकताका आधारमा प्रमुख, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पनि बैठकमा बोलाउने र बैठकले गरेका निर्णय प्रक्रियाबारे ‘अपडेट’ गराउने पनि तयारी गरेका छौँ,’ उनले भनिन्, ‘त्योसँगै आवश्यकताका आधारमा कानुन हेर्ने, अनुगमन हेर्ने विभाग वा शाखाको पनि प्रतिनिधित्व गराउने तयारी हामीले गरेका छौँ ।’ 

बैठकमा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, टोखाका उपप्रमुख मुरारी तामाङ, नागार्जुन नगरकी उपप्रमुख शुशिला अधिकारी, कागेश्वरी मनोहरा नगरकी उपप्रमुख शान्ता थापा, चन्द्रागिरी नगरकी उपप्रमुख बसन्ती श्रेष्ठ सहभागी थिए।

त्यस्तै गोकर्णेश्वरकी उपप्रमुख सान्नानी लामा, तारकेश्वरकी उपप्रमुख सिर्जना वुर्लाकोटी, मध्यपुर थिमीका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, सूर्य बिनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराई उपस्थित थिए। ललितपुरको महांकाल गाउँपालिकाबाट उपाध्यक्ष डोल्मा माया गोलेको उपस्थिति थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x