जेठ २४, २०८०
मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र अङ्क तालिकाको दोस्...
चैत २, २०७९
नेपाल आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल क्वालिफायरमा पुगेको छ ।
पूरा ओभर खेल हुन नसकेपछि यूएईलाई डीएल मेथोडमा ९ रनले पराजित गर्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको हो ।
४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको अवस्थामा खराब मौसमका कारण खेल हुन नसकेको हो ।
नेपालले ३११ रनको विजयी लक्ष्य पछ्याएको थियो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले पूरा ओभर खेल्दै ३१० रन बनाएको थियो।
विशाल लक्ष्य पछ्याएको नेपालले खराब शुरूआत गरे पनि मध्यक्रममा उत्कृष्ट खेल पस्केको थियो।
नेपालका लागि ४ जना ब्याटरले अर्धशतक पूरा गरे। कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्सन झाले नेपालका लागि अर्धशतक खेल्दै इनिङ उकासे ।
नेपालका कप्तान रोहित पौडेल आज मात्र १६ रन बनाएर आउट भएका थिए । कीर्तिपुर मैदानमा खेल हेर्न बिहानै (झिसमिसे) मै खेलप्रेमीहरू पुगेका थिए।
आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाललाई जित्नैपर्ने दबाब थियो।
यो जीतसँगै ३६ खेलबाट नेपालको ४० अंक पुगेको छ । ३९ अंक जोडेको नामिबिया चौथो स्थानमा झरेको छ ।
मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र अङ्क तालिकाको दोस्...
युरोपा कन्फरेन्स लिगको उपाधि वेस्टहामले जितेको छ । बुधबार राति सम्पन्न इनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २—१ गोलले हराउँदै वेस्टहामले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको हो । पहिलो हाफ गो...
साविक विजेता मच्छिन्द्र फूटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बुधवार हिमालयन शेर्पामाथि ३–१ को जीत निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबमाथि ३&ndash...
एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत बिहीवार भएको खेलमा चीनसँग नेपाल पराजित भएको छ । म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०–५ गोलअन्तरले पराजित ...
‘१६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८०’को पुरुष एकलतर्फको उपाधि नेपाल एपीएफ क्लबका प्रिन्स दाहालले जितेका छन् । बिहीवार भएको फाइनल खेलमा प्रिन्स दाहालले त्रिभ...
आईसीसी विश्वकप क्वालिफायरको तयारीका क्रममा स्कटल्यान्डसँग अभ्यास खेल खेलेको नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रूपमा कप्तान रोहित पौडेल रनको खाता नै नखोली पहिलो बलमै आउट भएका हुन् । दक्षिण अफ्र...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...