×

NMB BANK
NIC ASIA

जनताले अपेक्षा गरेको राष्ट्रपति हुन्छु, संविधानको पालना गर्न सचेत छु : राष्ट्रपति पौडेल

चैत ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति रामचन्द्र पौडेलले गणतान्त्रिक नेपालको  राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको  व्यवहार र कार्यशैलीप्रति आफू सचेत भएर लाग्ने बताएका छन् । संघीय र प्रदेशसभाका सांसदहरूलाई भेट्दै पौडेलले आफू नागरिकको राष्ट्रपति बन्न र संविधानको रक्षाको लागि प्रतिवद्ध रहेको बताएका हुन् । 

Muktinath Bank

‘संविधानको पालना र संरक्षण गर्ने विषय मेरो अबको प्रमुख दायित्व र कर्तव्य हुनेछ  भन्ने  प्रष्ट पार्न चाहान्छु । गणतान्त्रिक नेपालको  राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको  व्यवहार र कार्यशैलीप्रति म सदैव सचेत छु  र भविष्यमा पनि रहनेछु’ पौडेलले भनेका छन्, ‘राष्ट्रपति  संस्थाले  निर्वाह गर्ने भूमिकाले संविधान  र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही  निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु । नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने  संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् ।’ गणतान्त्रिक नेपालको  राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको  व्यवहार र कार्यशैलीप्रति म सदैव सचेत छु  र भविष्यमा पनि रहनेछु । राष्ट्रपति  संस्थाले  निर्वाह गर्ने भूमिकाले संविधान  र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही  निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहनेसमेत पौडेलले प्रष्ट्याएका छन् । संविधान निर्माण गर्ने प्रक्रियामा समेत सहभागी रहेर काम गर्ने  अवसर प्राप्त गरेको कारणले  पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति आफू सचेत रहने उनको भनाई छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गणतान्त्रिक  नेपालको तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित गराउनुहुने सम्पूर्ण संघीय संसदका सदस्यहरु र प्रदेशसभाका  सदस्यलाई पौडेलले धन्यवाद दिएका छन् । पौडेलले उपराष्ट्रपति निर्वाचनमा सहभागी भएका राष्ट्रिय सभा, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई धन्यवाद दिन र चियापानको आयोजना गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

यी मुद्दामा ध्यानाकर्षण 

Vianet communication
Laxmi Bank

पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको भन्दै नेपालमा  स्थानीय  तह, प्रतिनिधिसभा, प्रदेशसभादेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सफलतापूर्वक  सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । 
निर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मर्म र भावनालाई अंगिकार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास गुम्दै जाने भन्दै सचेत भएर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् । 

‘लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्थाहरु बलिया र  कानुनसम्मत भएनन् भने त्यस्ता  संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्न सक्ने हुनाले यसतर्फ हामी सजग रहन जरुरी छ भन्नेमा म दृढ  छु ।’ पौडेलले भनेका छन्, ‘मुलुकमा अहिले पनि थुप्रै  चुनौतीहरु छन् । कोभिड माहामारीपछि विश्वव्यापी रुपमा देखिएको आर्थिक सुस्तताको असर नेपालमा समेत देखिन थालेको छ । संक्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवम् जलवायु परिवर्तनले देखापर्न थालेका असरहररुको न्यूनिकरण तथा  राजनैतिक उपलब्धिहरुको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता  मैले देखेको छु ।’ 

प्राप्त राजनैतिक उपलब्धिलाई सदुपयोग गर्दै तिव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा  अन्ततः प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ हामी सबै  गम्भीर बन्नुपर्ने उनको भनाई छ । दीगो शान्ति, विकास, सुशासन र समृद्धि अबको बाटो रहेको भन्दै पौडेलले सांसदहरूलाई सकारात्मक भूमिका खेल्न पनि आग्रह गरेका छन् । 

संघ, प्रदेश र स्थानीय तहका साथै नीजि क्षेत्रको समेत सहकार्यमा उच्चतम प्रतिफल प्राप्त गरी प्राप्त प्रतिफलको समुचित वितरणबाट जनताको  इच्छा र आकांक्षा सम्बोधन गर्नति सबैको ध्यान जानुपर्ने उनको भनाई छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x