चैत ९, २०७९
प्रहरीको काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जनालाई हिजो बुधबार पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले काठमाडौं महानगरपालिका - २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ ला...
काठमाडाैं | चैत ५, २०७९
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले संगठनमा कुनै पनि व्यक्ति विशेषको दया मायाले होईन पद्धतीले सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताएका छन् ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सिनियर अधिकृतको लागि संचालित विभिन्न उन्नत तालिमको प्रथम प्रवचन तथा समापनमा बोल्दै उनले भने– ‘कुनै पनि संगठन व्यक्ति विशेषले मात्र निर्माण र सुधार गर्ने विषय होईन संंगठन बलियो हुन त्यहाँ कार्यरत हरेक कर्मचारीमा सकारात्मक सोच र त्यागको भावना हुनुपर्दछ ।’
उनले थपे– ‘बर्तमान अवस्थामा संगठन अभावमा होला तर कसैको दवाब र प्रभावमा पर्ने छैन, हाम्रा न्यायका आँखाले तपाईहरु सबैलाई समान देख्ने छ, ढुक्क हुनुहोला ।’
आपसी बन्धुत्व भाईचार राख्दै मैले मात्र होईन हामी सबैले अवसर प्राप्त गर्नुपर्छ भन्ने भावना चाहे त्यो सरुवा बढुवाको विषय सेवा सुविधाको विषयमा हामी सबैमा हुनुपर्ने उनले बताए ।
तपाई संगठनमा एउटा सामान्य सदस्य मात्र होईन विशेष हुनुहुन्छ, हरेक सदस्यसँग संगठन बदल्न सक्ने क्षमता हुन्छ,’ अर्यालले भने, ‘आफ्नो त्यो क्षमतालाई कार्यक्षेत्रमा लगानी गरी व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाती राख्दै आफ्नो कमाण्ड र नेतृत्वसँग हातेमालो गर्दै संगठन विकासको एउटै लक्ष्यका साथ अघि बढ्नुहोला ।’
समान अवसर र संगठनको चेनअफ कमाण्डलाई बलियो बनाउन र सरुवालाई न्यायोचित गर्न सशस्त्र प्रहरी बलले ‘सुरक्षा वेश अदली बदली निर्देशिका २०७९’ लागू गरेको छ ।
जस अनुसार शुक्रबार मात्र हाल बिओपी रहेका प्रस्तावित ४५ वटा सीमा सुरक्षा गुल्ममा पहिलो पटक डिएसपी खटाईएको छ, भने देश भरिका २८ वटा सुरक्षा वेशमा समेत डिएसपी खटाएको सशस्त्रले जनाएको छ । अब डिएसपीले कमाण्ड गर्ने प्रस्तावित सीमा सुरुक्षा गुल्म मातहत २ देखी ५ वटा बिओपी रहने छ । कमाण्डर खटाउँदा यसअघि पूर्वानुमान सूची प्रकाशित गरिएको थियो । त्यसैको आधारमा कमाण्डको अवसर प्राप्त नगरेकालाई पहिलो र कम अवसर प्राप्त गरेका अधिकृतलाई दोश्रो प्राथमिकतामा राखी कमाण्डको जिम्मेवारी दिएको सशस्त्रले जनाएको छ ।
यस्तै सेवा अवधिका आधारमा अवकाश हुन कम समय बाँकी रहेका र विगतमा कम कमाण्डको अवसर प्राप्त गर्ने अधिकृतलाई समेत कमाण्डमा खटाएको छ । पहिले १/१ वर्ष रहेको बिओपी कमाण्ड अब ६/६ महिना हुने छ, मुख्य नाका र भन्सार तथा संवेदनशिल ठाउँका बिओपी तथा वेशमा डिएसपी खटाएको छ ।
प्रहरीको काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जनालाई हिजो बुधबार पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले काठमाडौं महानगरपालिका - २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ ला...
झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने अमिर खान...
बाराको निजगढ नगरपालिका-१३ मा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। निजगढ साँघुस्थित सडकमा ना२३प ६२७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना भएको हो। दुर्घट...
पछिल्लो समयमा अनलाइन बेटिङ एप्स ‘वान एक्स बेट’बाट करोडौं रुपैयाँको कारोबार हुने गरेको खुलासा भाएको छ । नेपालमा अहिले क्रिकेटलगायतका विभिन्न खेलहरूको आकर्षण बढिरहेको समयमा अनलाइन बेटिङ...
काठमाडौंको महाराजगञ्ज चक्रपथ चप्पल कारखाना अगाडि बिहीबार दुर्घटना भएको छ। दिउँसो ३ बजे २ वटा गाडी, २ वटा मोटरसाइकल र एक स्कुटर आपसमा जुधेका हुन्। चक्रपथ रुटमा चल्ने गाडी र भ्यान आपसमा ...
प्रहरी महानिरीक्षक (आईजीपी)को रेसमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियालाई लिएर लागेको आरोप पुष्टि नहुने देखिएको छ । एआईजी ज्ञवालीको भर्ना प्रक्रियाका विषयमा प्रारम्भिक अ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...