जेठ १७, २०८०
सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरजमान सैंजु नियुक्त भएका छन् । सैंजुको उच्चस्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाइ लिने अपेक्षा गरिएको सिटी एक्सप्...
चैत ८, २०७९
पछिल्लो समय आन्तरिक उडानका वायुसेवा कम्पनीमा लापरवाही बढ्न थालेको छ ।
शनिवार बिहान काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरलाइन्सको जहाजको इन्डिकेसनमा समस्या देखिएपछि सिमरामाथिबाट फिर्ता आयो । ७२ सीट क्षमताको उक्त जहाजको आवश्यक चेकजाँचमा कमजोरी भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले दुईजना इन्जिनीयरलाई ग्राउन्डेड गराएको छ ।
दुई दिनसम्म ग्राउन्डेड गरेर गरिएको निरीक्षणबाट उक्त जहाजको स्पिड मिटरमा समस्या औंल्याइयो । समस्या समाधान गरेर आइतवारदेखि जहाजले उडान शुरू गर्न थाल्यो भने इन्जिनीयरलाई निलम्बनमा राखिराख्ने निर्णय भएको छ ।
उक्त जहाजका इन्जिनियरको विषयमा एक साताभित्र अध्ययन प्रतिवेदन पेश गर्न सम्बन्धित वायुसेवालाई निर्देशन दिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
वायुसेवा निगमको सोमवार ताप्लेजुङबाट काठमाडौं आएको जहाजमा क्षमताभन्दा बढी तौल बोकेको भन्दै निगमका चालकदलसहितका ७ जना कर्मचारी कारवाहीमा परेका छन् । ती कर्मचारीलाई अर्को सूचना नभएसम्म उडानमा रोक लगाउनेसहितको कारवाही भएको प्राधिकरणले जानकारी दिएको छ ।
नेपाल वायुसेवा निगमको अन्नपूर्ण नामक वाइडबडी जहाजमा शनिवार नै रातैभरी जहाजको ढोका खुला राखेको भन्दै निगमका दुई जना एरोनटिकल इन्जिनीयर निलम्बनमा परेका छ । उक्त जहाजका दुई इन्जिनीयरलाई अर्को सूचना नभएसम्म काम गर्न नपाउने र वायुसेवा कम्पनीले सोको विषयमा अध्ययन रिपोर्ट दिनुपर्ने निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमवार गरेको छ ।
यसअघि १२ फागुनमा नेपाल वायुसेवा निगमको पाइलटले आकाशमै विमान परिचारिका (एयर होस्टेस)लाई काखमा राखेर ल्याएको पाइएपछि दुई पाइलट निलम्बनमा परेका छन् । दुबईबाट काठमाडौं फर्कँदै गर्दा आकाशमै एयर होस्टेसलाई ‘दुर्व्यवहार’ गर्ने ती दुई पाइलट अहिलेसम्म निलम्बनमै छन् । उनीहरूको विषयमा निगमले थप अध्ययन गरेर प्रतिवेदन नदिएसम्म थप निर्णय नहुने र पाइलटले उडान गर्न पनि नपाउने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
गत वर्ष १५ जेठमा पोखराबाट जोमसोम गएको गोमा एयरको जहाजको दृश्यात्मक उडान (भीएफआर फ्लाइट)लाई बादलभित्र प्रवेश गराएको विषयमा पनि २ जना पाइलट कारवाहीमा परेका थिए । सोही दिनको गोमाभन्दा पछाडिको तारा एयर दुर्घटनामा परेपछि बनेको छानबिन समितिले दिएको रिपोर्टका आधारमा चालक दललाई कारवाही गरेको र अर्को आदेश नभएसम्म निलम्बनमा राख्ने गरी प्राधिकरणले २ फागुनमा निर्णय गरेको थियो ।
यी घटनाक्रमले आन्तरिक तथा बाह्य उडानमा चालकदलदेखि वायुसेवा कम्पनीसम्मले गर्ने लापरवाही उजागर भएको छ । वायुसेवाको उडानमा हुने सामान्य कमजोरी ठूलो दुर्घटनाको कारक बन्न सक्छ ।
सामान्य कमजोरीलाई नोटिस गरेर अन्तर्राष्ट्रिय उड्डयन नियामकले नेपालमाथि प्रश्न उठाउने सम्भावना पनि उत्तिकै हुन्छ । नेपालले गरेको कमी कमजोरीकै कारण अन्तर्राष्ट्रिय हवाई नियामक निकायले नेपालको हवाई सुरक्षामा उठाएको प्रश्नको जवाफ एक दशकसम्म नपाएको उदाहरण छ ।
उडानका क्रममा हुने सामान्य कमजोरीदेखि व्यवस्थापकसम्मको कमजोरी नेपाली उड्डयनमा एकपछि अर्को कमजोरीका रूपमा दर्ज भइरहेका छन् । पछिल्लो समय आन्तरिक उडानको वायुसेवा कम्पनी गुण एयरलाइन्स आर्थिक संकटमा फसेर कर्मचारीलाई तलब नै दिन नसक्ने भएपछि बन्द भएको छ ।
आर्थिक संकटपछि वायुसेवाले उडान सुरक्षामा सम्झौता गर्न सक्ने र बेतिथि बढ्ने भन्दै जोखिम न्यूनीकरणका लागि ८ फागुनमा उड्डयन प्राधिकरणले उडानमै रोक लगाइदियो । वायुसेवा कम्पनीले लापरवाही गरेर उडान गर्न खोजेपछि पुनः उडानको सुनिश्चित आधार नभएसम्मलाई सबै जहाज ग्राउन्डेड गर्न लगाएको हो ।
प्राधिरकणले उडान रोकेपछि वायुसेवा कम्पनीले भने जहाज बिक्री गर्न लागेको भनेको छ । तर अलिहेसम्म न जहाज बिक्री भएको छ, न त उडान नै गर्न सकेको छ ।
२५ फागुनमा काठमाडौंबाट भैरहवा जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा उडेको १० मिनेटमै आगोको संकेत देखिएको थियो । उक्त जहाजलाई काठमाडौं विमानस्थलमै फर्काएर आकस्मिक अवतरण गराइयो ।
त्यसपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको सबै उडानलाई रोकेर अध्ययन गरेको थियो । प्राधिकरणले श्रीका जहाजलाई २ दिन रोकेर जहाजमा प्राविधिक समस्या नदेखिएको भन्दै पुनः उडान अनुमति दिएको थियो । यो घटनाले जहाजमा प्राविधिक समस्या भएको भनिए पनि अरू जहाजसम्मको उडान रोक्दा वायुसेवाको छविदेखि यात्रु सेवासम्ममा असर परेको छ ।
यसअघि ५ माघमा प्रभु एयरको हेलिकप्टर स्याङ्जाको वालिङ फूटबल मैदानमै अवतरण गर्यो । फूटबल खेल भइरहेका बेला पाइलटले विनासूचना हेलिकप्टर अवतरण गराएर खेल अवरुद्ध गराएपछि पाइलटले नै कुटाइ खाएका थिए ।
उक्त घटनामा प्राधिकरणले प्रभुका सबै हेलिकप्टरको उडान रोकेर अध्ययन गरेको थियो । यो घटनाले पनि पाइलटले गर्ने सामान्य कमजोरी हवाई उड्ड्यना नयाँ इश्यु भएको छ । जसले गर्दा एक साता प्रभुको सबै जहाजले उडान गर्न पाएनन् । यो घटनाले पनि आन्तरिक वायुसेवामा भइरहेका सानातिना लापरवाहीले उब्जाउने ठूलो प्रश्न उजागर गरेको प्राधिकरणकै अधिकारीहरू बताउँछन् ।
जहाज कम्पनी, चालक दल तथा इन्जिनीयरले गर्ने सामान्य कमजोरीले उडानमा जोखिम निम्तिन सक्छ । यस्तो जोखिमलाई न्यूनीकरण गर्न आवश्यक कारवाही गरिरहेको प्राधिकरणले बताएको छ ।
उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला उडान सुरक्षामा कुनै कमी कमजोरी हुन नदिन नियामकले आफ्नो काम गरिरहेको बताउँछन् । ‘कमी कमजोरी गर्ने कुनै पनि वायुेवालाई छोड्ने कुरा हुँदैन, आवश्यक कारवाही भइरहेको छ,’ उनले भने ।
उनका अनुसार गुण एयरलाइन्सको उडान रोकिएपछि एक महिना पुग्दासम्म पुनः उडानको ग्यारेन्टीको आधार पेश गर्न सकेको छैन ।
जबसम्म वायुसेवा कम्पनीले प्राधिकरणलाई तिर्नुपर्ने बाँकी बक्यौता चुक्ता गर्दैन र उडान सुरक्षामा कुनै कमी कमजोरी नहुने आधार पेश गर्दैन तबसम्म यसका जहाज पुनः उडान हुन नसक्ने उनको भनाइ छ ।
विगतका दिनमा यस्तो समस्या पटक–पटक दोहोरिने र यो संख्यामा कारवाही हुने गरेको थिएन । पछिल्लो समय जहाज कम्पनी र संख्या बढेसँगै कमजोरी पनि धेरै उजागर भइरहेको बुझाइ प्रवक्ता निरौलाको छ ।
‘प्राधिकरणले कुनै सम्झौता गर्ने भन्ने हुँदैन । वायुसेवा कम्पनीलाई सचेत गराउने, आवश्यक कारवाही गर्ने र नियमन गर्ने विषयमा यो र त्यो कम्पनी नभनी सबैलाई एकैनासाको व्यवहार गरिरहेका छौं,’ उनले भने ।
पछिल्लो समय वायुसेवा कम्पनीहरू जहाज बिक्री गर्दै थप क्षमताको जहाज ल्याउने भनेर लागेका छन् । बुद्धले २ वटा बीचक्राफ्ट जहाज बेचेको छ । प्रभुले पनि सबै हेलिप्टर बेच्ने भएको छ । गुणले पनि भएको जहाज बेचेर क्षमता थप गर्ने भन्ने विषय सार्वजनिक भइरहेको छ ।
सम्बन्धित वायुसेवाले जहाज किन्नु र बेच्नुलाई आवश्यकता वा थप क्षमतामा जाने विकल्प खोजेको रूपमा लिन सकिन्छ । जहाज कस्तो भन्दा पनि उडान सुरक्षामा कति जिम्मेवार भयो भन्ने पाटो महत्त्वपूर्ण हुने पनि प्राधिरकणको भनाइ छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरजमान सैंजु नियुक्त भएका छन् । सैंजुको उच्चस्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाइ लिने अपेक्षा गरिएको सिटी एक्सप्...
एनआईबिएल एस क्यपिटल लिमिटेड र नेशनल पेमेन्ट स्वीच (एनपीएस) बीच सम्झौता भएको छ । सम्झौतामा एनआईबिएलका तर्फबाट डेपुटी सीईओ मेखबहादुर थापा र एनसीएचएलका तर्फबाट संस्थाका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर ग...
एनआईसी एशिया बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग भुक्तानी सम्झौता गरेको छ । सम्झौता भएसँगै यी क्याम्पसका विद्यार्थीहरूले शैक्षिक शुल्क बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सक्ने भएका छन् । ...
युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूको गृहनगरमा गाउँपालिकाभन्दा कम बजेट संघीय सरकारबाट प्राप्त हुने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा विनियोजन गरेकोमध्ये लेटाङ नगरपालिकाले गाउँपालि...
काठमाडौं उपत्यकाका सडकहरूमा नयाँ तथा आकर्षक प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ गुड्न थालेको छ । विगत एक महिनादेखि काठमाडौंका सडकमा गुड्न थालेको ‘एक्सप्रेस–टी’ वात...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कले घटेको छ । बुधवार दुई दशमलव ०६ प्रतिशतले घटेर नेप्से परिसूचक एक हजार आठ सय ४९ दशमलव ७९ अङ्कमा पुगेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएप...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...