जेठ १७, २०८०
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधवारको बैठकले समितिको बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा तयार पार्न एक उपसमिति गठन गर्ने निर्णय गरेको छ । सांसद राजेन्द्रकुमार केसी सं...
सरकार विस्तारको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
बिहीबार साँझ ५ बजेपछि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।
छलफलमा छिटो सरकार विस्तार गर्ने विषयमा केन्द्रित भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘सरकार विस्तारकै विषयमा छलफल गर्न प्रधानमन्त्रसहित कांग्रेस सभापपति र अरू १/२ दलका शीर्ष नेता बालुवाटार आउनुभएको छ’, प्रधानमन्त्री निकट स्रोतले लोकान्तरसँग भन्यो, ‘प्रधानमन्त्रीले छिटो सरकार विस्तार गर्ने तयारीस्वरुप सत्ता साझेदार दलसँग छलफल गर्नुभएको हो ।’
कांग्रेसबाट सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का सहभागी छन् ।
प्रधानमन्त्रीले ६ चैतमा दोस्रोपटक विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने बताएका थिए । तर सरकारमा सहभागी हुने दलको संख्या धेरै भएपछि भागबण्डा मिलाउन दलहरूलाई सकस परेको छ ।
बाँकी मन्त्रालयभन्दा दाबेदार दल र दलभित्र मन्त्रीका आकांक्षी धेरै भएपछि सरकार विस्तारमा ढिलाइ भएको हो ।
बुधबार पनि सत्तारुढ शीर्ष चार दलका नेताको बैठक बालुवाटारमा बसेको थियो ।
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधवारको बैठकले समितिको बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा तयार पार्न एक उपसमिति गठन गर्ने निर्णय गरेको छ । सांसद राजेन्द्रकुमार केसी सं...
४ दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधामनन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिल्लीमा भेटवार्ता शुरू गरेका छन् । बुधवार अपराह्न दिल्ली पुगेका प्रचण्डले पहिलो भेट प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाह...
नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरू ‘कोशी’ प्रदेशको नाम पुनर्विचार गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । कोशी प्रदेशका १४ जिल्ला सभापतिहरूले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै नाम पुनर्विचार गर्न ...
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बा४५प ५५४१ नंको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा बलेफी गाउ...
नेकपा (एमाले) नेतृत्वको एकमात्रै प्रदेश सरकार संकटमा पर्ने देखिएको छ । जनता समाजवादी पार्टी, नेपाल समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि कोशी प्रदेश सरकार संकटमा पर्ने संकेत देखिएको हो । जसपा समर्थन ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको गुणात्मक ढंगले परिवर्तन आवश्यक रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बुधवार राष्ट्रिय जनसांस्कृतिक महासंघले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...