२१ असार २०८३, आइतबार

सरकार विस्तारबारे छलफल गर्न बालुवाटारमा सत्तारुढ दलको बैठक

सरकार विस्तारबारे छलफल गर्न बालुवाटारमा सत्तारुढ दलको बैठक

सरकार विस्तारको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

बिहीबार साँझ ५ बजेपछि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

छलफलमा छिटो सरकार विस्तार गर्ने विषयमा केन्द्रित भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘सरकार विस्तारकै विषयमा छलफल गर्न प्रधानमन्त्रसहित कांग्रेस सभापपति र अरू १/२ दलका शीर्ष नेता बालुवाटार आउनुभएको छ’, प्रधानमन्त्री निकट स्रोतले लोकान्तरसँग भन्यो, ‘प्रधानमन्त्रीले छिटो सरकार विस्तार गर्ने तयारीस्वरुप सत्ता साझेदार दलसँग छलफल गर्नुभएको हो ।’

कांग्रेसबाट सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का सहभागी छन् ।

प्रधानमन्त्रीले ६ चैतमा दोस्रोपटक विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने बताएका थिए । तर सरकारमा सहभागी हुने दलको संख्या धेरै भएपछि भागबण्डा मिलाउन दलहरूलाई सकस परेको छ ।

बाँकी मन्त्रालयभन्दा दाबेदार दल र दलभित्र मन्त्रीका आकांक्षी धेरै भएपछि सरकार विस्तारमा ढिलाइ भएको हो ।

बुधबार पनि सत्तारुढ शीर्ष चार दलका नेताको बैठक बालुवाटारमा बसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्