×

NMB BANK
NIC ASIA

प्रतिपक्षी नेताको टिप्पणी

एमालेले चाहे केही हप्तामै गठबन्धन भत्किन्छ, अहिले त्यो धन्दामा छैनौँ- विष्णु पौडेल

चैत १७, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् ।

Muktinath Bank

तर आफ्नो पार्टी अहिले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेस चौतारी नेपालले शुक्रवार कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले एमालेले गठबन्धन भत्काउने महसुस गरे केही हप्ताको मात्रै खेल रहेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘अहिले म तिथिमिति तिर जान्न । मैले यति भने की हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौं’, पौडेलले भने, ‘एमाले लाग्यो भने त्यो केही दिनको विषय हो । यसरी वा त्यसरी जे होस् कुनैपनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौँ । यदी एमालेले त्यो आवश्यक्ता महशुस गर्‍यो भने केही हप्ताको काम हुन्छ।’

Vianet communication
Laxmi Bank

उपाध्यक्ष पौडेलले पार्टीका नेता भीम रावलले एक पछि अर्को गल्ती गर्दै गइरहेको टिप्पणी पनि गरे । रावलले पार्टीको अनुशासनमा नबस्ने र पार्टी सदस्यको कर्तव्य निर्वाह नगरेको पौडेलको आरोप थियो।

‘हाम्रो भीम रावलजीले पार्टीको अनुशासनको दृष्टिकोणले पार्टीको एउटा जिम्मेवार सदस्यले निर्वाह गर्ने कर्तव्यको दृष्टिकोणले उहाँ विगतमा लामो समयसम्म पार्टीको नेतृत्वदायी कमिटीमा रहेर काम गरेको पदाधिकारीको हैसियतले उहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन । पार्टीको निर्णय मान्नुभएको छैन’ पौडेलले भने, ‘उहाँले पार्टीको अनुशासन उल्लंघन गर्नुभएको छ । पार्टीलाई कमजोर पार्ने, गतिविधि उहाँबाट भइरहेका छन् । उहाँले एकपछि अर्को गल्ती गर्नुभएको छ ।’

उपाध्यक्ष पौडेलले आउने निर्वाचनमा नेकपा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा आफूहरू लागेको बताए । पौडेलले वर्तमान संसदले ५ वर्षको समय पूरा गर्ने लक्षण नदेखेको समेत टिप्पणी गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x