०२ साउन २०८३, शनिबार
अर्थमा मन्त्री

३२ दिनको रिक्ततापछि मुलुकले पायो अर्थमन्त्री, महतले सम्हाले कार्यभार

३२ दिनको रिक्ततापछि मुलुकले पायो अर्थमन्त्री, महतले सम्हाले कार्यभार

अर्थतन्त्र नाजुक बनेको समयमा ३२ दिनपछि मुलुकले नयाँ अर्थमन्त्री पाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतलाई अर्थमन्त्री नियुक्त गरेका हुन् । 

नवनियुक्त अर्थमन्त्री महतले शुक्रवार अपराह्न सिंहदरबारमा पुगेर अर्थमन्त्रीको रूपमा कार्यभार सम्हालेका छन् ।

राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै महत सिंहदरबार आएका थिए ।

नेकपा एमालेले सरकार छाडेपछि फागुन १५ गतेदेखि मन्त्रालय मन्त्रीविहीन रहेको थियो ।

प्रचण्ड सरकारमा यसअघि नेकपा एमालेका विष्णु पौडेल अर्थमन्त्री थिए । एमालेले सरकार छाडेपछि अर्थ प्रधानमन्त्री आफैंले राखेका थिए । अर्थमन्त्री नहुँदा बजेटको तयारी प्रभावित बनेको थियो । 

जेठ १५ गते नयाँ बजेट ल्याउनका लागि दुई महिना अगाडिबाटै तयारी गर्नुपर्नेमा मन्त्री नहुँदा कार्यतालिका प्रभावित हुन पुगेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्