२२ असार २०८३, सोमबार
उपनिर्वाचन २०८०

उम्मेदवार मनोनयनका लागि कांग्रेस महामन्त्री चितवन र तनहुँ जाने

उम्मेदवार मनोनयनका लागि कांग्रेस महामन्त्री चितवन र तनहुँ जाने

वैशाख १० गते हुने उपनिर्वाचनका लागि भोेलि हुने उम्मेदवार मनोनयनका लागि नेपाली कांग्रेसले महामन्त्रीलाई पठाउने निर्णय गरेको छ ।

महामन्त्री गगन थापा तनहुँ १ तथा विश्वप्रकाश शर्मा चितवन २ मा जाने भएका छन् ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमवार उम्मेदवारी मनोनयनको कार्यक्रम छ । 

तनहुँमा गोविन्द भट्टराईको उम्मेदवारी मनोनयन कार्यक्रममा सहभागी हुन महामन्त्री थापा जाने तय भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

त्यस्तै चितवन २ मा जीतनारायण श्रेष्ठको उम्मेदवारी मनोनयनका लागि विश्वप्रकाश जाने भएका हुन् । 

बारा २ मा भने कांग्रेसले जसपाका उपेन्द्र यादवलाई सघाउने औपचारिक निर्णय गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्