२२ असार २०८३, सोमबार

बुद्ध जन्मभूमि लुम्बिनीमा म्याराथन प्रतियोगिता हुँदै

बुद्ध जन्मभूमि लुम्बिनीमा म्याराथन प्रतियोगिता हुँदै

अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा आज बिहीवार बुद्ध जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय पिस म्याराथन २०२३ आयोजना हुन लागेको हो । 

लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै संस्थाको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको छ ।

खेलकुदको माध्यमबाट लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठको भनाइ छ । प्रतियोगितामा भाग लिन २०७ राष्ट्रका खेलाडीलाई निमन्त्रणा गरिएको थियो ।

कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहीवार बिहान ७ बजे शुरू हुने म्याराथन  लुम्बिनीको शान्तिदीपमा पुगेर सम्पन्न हुनेछ । प्रतियोगितामा नेपालका विभागीय टीमसहित विभिन्न देशका ५० भन्दाबढी धावक सहभागी हुने अपेक्षा गरिएको श्रेष्ठको भनाइ छ । 

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए । उत्कृष्ट १०औं स्थानसम्म आउनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको पनि उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्