२२ असार २०८३, सोमबार
नयाँ वर्ष मनाउन घर फर्किरहेकाहरू दुर्घटनामा

मध्यराति बैतडीमा जीप दुर्घटना : ६ जनाको मृत्यु, ५ जना हामफालेर सकुशल

मध्यराति बैतडीमा जीप दुर्घटना : ६ जनाको मृत्यु, ५ जना हामफालेर सकुशल
प्रतिकात्मक तस्वीर

जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे–बझाङ सडकखण्डमा पर्ने बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप मंगलवार मध्यराति साढे ११ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् ।

जीपमा सवार अन्य ५ जनाले हामफालेर ज्यान जोगाएकाले सकुशल रहेका छन् । जीप चालक फरार रहेका र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

भारतमा रोजगारी गरेर बिसु मनाउन घरतिर फर्किरहेका यात्रु बसेको जीप दुर्घटनामा परेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्