×

NMB BANK
NIC ASIA

उपनिर्वाचन विशेष

उपनिर्वाचनमा आक्रामक कांग्रेस– तनहुँ सुरक्षित राख्दै चितवनको नतिजा उल्ट्याउने रणनीति

चैत २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

वैशाख १० मा हुने उपनिर्वाचनमा कांग्रेसले आफ्ना उम्मेदवार भएका दुवै क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ ।

Muktinath Bank

४ मंसिरमा रामचन्द्र पौडेल (हाल राष्ट्रपति)ले जितेको तनहुँ– १ र रास्वपाका रवि लामिछानेसँग पराजित भएको चितवन २ को उपनिर्वाचनलाई कांग्रेसले प्रतिष्ठाको विषय नै बनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसले तनहुँको नतिजा रक्षा गर्ने र चितवनको नतिजा उल्ट्याउने गरी तयारी गरिरहेको हो ।


Advertisment
Nabil box
Kumari

४ मंसिरमा तनहुँ– १ बाट पौडेलले ५ हजार ३८० मतान्तरले जितेका थिए । उनले २५ हजार ३६१ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत ल्याएका थिए ।

Vianet communication
Laxmi Bank

जिल्लाको राजनीतिमा सधैं पौडेलका प्रतिद्वन्द्वी रहँदै आएका गोविन्दराज जोशीले स्वतन्त्र उठेर ६ हजार ८८६ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्रका पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । 

कांग्रेसले तनहुँ– १ मा यसपटक जिल्लाकै नेता एवं केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

उनी सत्ता गठबन्धनतर्फ कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्तिसहितका पार्टीका साझा उम्मेदवार हुन् । परम्परागत रूपमा कांग्रेसको पकड रहेको र जित्दै आएको क्षेत्रमा सत्ता गठबन्धनसमेतको सहयोगमा लोकप्रिय र इमान्दार नेता उठाएकाले कांग्रेस यसपटक जित्नेमा ढुक्क जस्तै छ । 

उनीविरुद्ध रास्वपाले पनि अर्थविद् स्वर्णिम वाग्लेलाई उठाएको छ । उनी कांग्रेस परित्याग गरी रास्वपा पुगेर उम्मेदवार बनेका हुन् । 

एमालेले पूर्व आईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । खनाल गत निर्वाचनमा काठमाडौं– ६ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । 

तनहुँ कांग्रेस जिल्ला सभापति जीतप्रकाश आले यसपटक प्रतिस्पर्धी उम्मेदवार जो भए पनि पहिलेको भन्दा राम्रो मतान्तरले कांग्रेस विजयी हुने दाबी गरे ।

‘निर्वाचन स्टन्टबाज र सेलिब्रिटीहरूका लागि होइन, यहाँका जनताले आफ्नो प्रतिनिधि छान्ने कुरा हो । जनताको मर्म, दुःख सबै बुझेको, आत्मसात गरेको, माटोले चिनेको, माटोलाई जानेको जनप्रतिनिधि हुनुपर्छ,’ आले भन्छन्, ‘यो हिसाबमा अन्य दलका उम्मेदवारले तनहुँमा कुनै रगत पसिना बगाएका छैनन् । जनतासँग सम्पर्क र उनीहरूका दुःख मर्मबाट टाढा छन् । यसैले ५० औं वर्षमा भूगोलमा बसेर माटो चिनेका, जनताको दुःख बुझेका गोविन्दजीले यसपटक सहजै निर्वाचन जित्नुहुन्छ ।’ 

पार्टीमा सामान्य पोजिसनबाहेक कुनै प्रभावशाली र लाभका पद नलिएका भट्टराईप्रति मतदाताको अगाध स्नेह र सम्मान रहेको उनी बताउँछन् । 

‘४५ वर्षदेखि संगत गर्दै आएको छु । उहाँले निरन्तर नेविसंघ र पार्टीमा राजनीति गर्दै आउनुभएको छ । सार्वजनिक पद र लाभको पद लिनुभएको छैन । पद नपाउँदा पनि निरन्तर लाग्नुभएको थियो । टिकट नपाउँदा अरू अर्को पार्टीमा लाग्छन्, तर उहाँ अनुशासित भएर पार्टीमै क्रियाशील हुनुहुन्छ,’ आले भन्छन्, ‘यसैले यसपटक तनहुँमा अनुशासित, साधारण र भरोसायोग्य नेताका रूपमा गोविन्दजी जनताको प्रतिनिधि बन्दै हुनुहुन्छ । रामचन्द्र पौडेलको भन्दा बढी मत ल्याएर चुनाव जित्छौं ।’

प्रभावशाली नेताको लर्को भएको तनहुँमा नेताबीच नै सधैं कटाक्ष हुने गर्छ । तर यसपटक पार्टीभित्र बेमेल नरहेको र गठबन्धन दलको पनि सहयोग रहेकाले सहजै चुनाव जितिने हिसाब आलेको छ । 

‘तनहुँ कांग्रेसका बेमेल हुँदा पनि चुनाव जितेको इतिहास छ । तर, यसपटक पार्टीभित्र बेमेल छैन । यसअघिका बेमेल व्यवस्थित गर्नु हाम्रो चुनौती थियो । यसपटक सहज छ,’ उनी भन्छन्, ‘आन्तरिक एकता र सत्ता गठबन्धन दलको सहयोगले पनि हामीलाई चुनाव जित्न कठिनाइ छैन ।’

को–को खटिएका छन् ? 

महामन्त्री गगन थापासँग निकटतम् सम्बन्ध भएका स्वर्णिम वाग्लेलाई रास्वपाले टिकट दिएपछि उम्मेदवारी मनोनयन गराउन नै कांग्रेसले थापालाई तनहुँ खटाएको थियो । उनले तनहुँ पुगेर वाग्लेलाई टुरिस्ट र अवसर छोप्ने नेता भन्दै आलोचना गरेका थिए । 

त्यसयता कांग्रेसले तनहुँबाटै चुनाव जितेका शंकर भण्डारीलाई प्रतिनिधि बनाएर खटाएको छ । निर्वाचनका लागि सत्ता गठबन्धनबाट उनी पार्टीको हाइकमान्ड संयोजक बनाइएका छन् । भण्डारी निरन्तर चुनावी प्रचारका स–साना कार्यक्रममा पनि पुगिरहेका छन् । 

मंगलवार मात्रै अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि तनहुँ पुगेर चुनावी परिचालन तयारीसम्बन्धी बैठकमा सहभागी भएको जिल्ला सभापतिले जानकारी दिए । निर्वाचनको चार दिनअघि ६ वैशाखमा शर्मा नेविसंघको स्थापना दिवसको अवसर पारेर फेरि तनहुँ पुग्दैछन् । 

तनहुँकै प्रदीप पौडेल पनि चुनावी प्रचारमा खटिएका छन् । 

‘महामन्त्रीद्वय नै तनहुँ आएर हाम्रो उम्मेदवारको पक्षमा माहोल बनाइसक्नुभएको छ । पार्टीले प्रतिनिधि बनाएर खटाएपछि शंकर भण्डारी निरन्तर चुनावी प्रचारमा हुनहुन्छ,’ आलेले भने, ‘जिल्लाबाटै प्रतिनिधित्व गर्ने ध्रुव वाग्लेसहितका नेता पनि भट्टराईलाई जिताउन निरन्तर खटिनुभएको छ ।’

निर्वाचन अनुगमन तथा सहजीकरणका लागि जिल्ला सभापतिको नेतृत्वमा समिति गठन गर्ने, निर्वाचन परिचालन समितिलाई बुथसम्म लाने र यसमा सत्ता गठबन्धन दलका प्रतिनिधिलाई पनि समावेश गर्ने काम भइरहेको उनी बताउँछन । 

चुनावी माहोलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतालाई तनहुँ ल्याउने कार्यक्रम बन्दै गरेको जानकारी उनले दिए । 

जोशीलाई विश्वासमा लिने 

पौडेलविरुद्ध ६ हजार ८८६ मत ल्याएका गोविन्दराज जोशीलाई पनि यसपटक कांग्रेसको पक्षमा लाग्न दबाब बढाइएको छ । उनी आफैंले पनि यसपटक निष्पक्ष बस्ने घोषणा गरिसकेका छन् । सभापति देउवाले उनका छोरा दीपकलाई बोलाएर पार्टीमा भूमिका दिने आश्वासन पनि दिइसकेका छन् ।

‘योभन्दा अगाडिका निर्वाचनमा कांग्रेस हराउने नेतृत्व गोविन्दराज जोशीले लिनुभएको थियो । यसपटक निष्पक्ष बस्नेछु भन्नुभएको छ । यो पार्टीप्रतिको सकारात्मक दृष्टिकोण हो । अन्तिमसम्म पार्टीको लाइनमा आउनुहुन्छ भन्ने छ । किनकी यो पार्टी बनाउन उहाँको रगत पसिना पनि बगेको छ,’ सभापति आले भन्छन्, ‘सभापतिले पनि बोलाएर पार्टीमा एडजस्ट गरेर मिलाउने आश्वासन दिनुभएको छ । निष्कर्षमा नपुगे पनि उहाँ पार्टीमा एडजस्ट हुनुहुन्छ । म आफूले पनि कुरा गरेको छु ।’

चितवन २ मा त्रिपक्षीय प्रतिस्पर्धामा बाजी मार्ने कांग्रेसको दाउ

चितवन– २ मा जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद खारेज भएपछि फेरि उपनिर्वाचन हुन लागेको हो । रविले ३४ हजार ३१२ मतान्तरको फराकिलो जीत हात पारेका थिए ।

लामिछानेले ४९ हजार ३००, कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए । 

उपनिर्वाचनमा रास्वपाबाट रवि नै फेरि चुनावी मैदानमा उत्रिएका छन् । तर उनलाई काउन्टर दिन कांग्रेस र एमाले दुवैले स्थानीय उम्मेदवारलाई अघि सारेका छन् । कांग्रेसले पूर्व सभापति एवं युवा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । एमालेले पनि जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अगाडि सारेको छ । 

अघिल्लोपटक देशभरकै १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा फराकिलो अन्तरले जितेका रवि यसपटक पनि जित्नेमा ढुक्क छन् । तर, स्थानीय उम्मेदवार उठाएका कांग्रेस र एमाले आफ्नो भोट फर्काउँदै उनलाई टक्कर दिने दाउमा छन् । 

चितवन २ मा कांग्रेसले यसअघि रास्वपातिर गएको मतलाई फर्काउने नीति लिएको छ । यसअघि रविले आफ्नो संगठन र भोटको बलमा नभई कांग्रेस र एमालेबाटै गएको मतबाट जितेको भन्दै यसलाई जोगाउने नीतिमा कांग्रेस छ । कांग्रेसले यसपटक आन्तरिक विवादलाई पनि मिलाउने प्रयास गरेको छ । 

कांग्रेस र एमाले दुवै दलले आफ्नो भोट सुरक्षित गर्दा रविको भोट घट्ने र त्रिपक्षीय प्रतिस्पर्धा हुने बुझाइ कांग्रेसको छ । 

‘स्थानीय उम्मेदवार नहुँदा अघिल्लोपटक चितवनमा कांग्रेसको बिजोग भएको हो । तर, यसपटक वडातहसम्मै पहुँच र पहिचान बनाएका उम्मेदवार हुनुको फाइदा कांग्रेसलाई छ,’ चितवनकै एक नेता भन्छन्, ‘कांग्रेस र एमालेले भोट सुरक्षित गर्दा यसपटक त्रिपक्षीय भिडन्त हुने देखिन्छ । यसमा कांग्रेसले जित्छ भन्ने हाम्रो हिसाब छ ।’

यसअघि एमालेको सहयोगमा चितवन– ३ बाट चुनाव लडेका दिनेश कोइरालाले कांग्रेस उम्मेदवारलाई भोट हाल्न अपिल गरिसकेका छन् ।

उनीमाथि गरेको कारबाहीलाई पार्टीले फुकुवा गरेपछि यसपटक चितवनमा कांग्रेसको पक्षमा राम्रो माहोल बन्ने विश्वास पार्टी पंक्तिको छ । 

अघिल्लोपटक पार्टी केन्द्रको पहुँचमा व्यापारी उमेश श्रेष्ठले टिकट लगेपछि स्थानीय पार्टीपंक्ति असन्तुष्ट थियो । तर, नेविसंघको राजनीतिबाट कांग्रेसमा स्थापित भएका जीतनारायण उम्मेदवार बन्दा आन्तरिक असन्तुष्टि धेरै नै कम भएको नेताहरू बताउँछन् ।

चितवन कांग्रेसका सभापति राजेश्वर खनाल कांग्रेसको आन्तरिक अवस्था सुधार, सत्ता गठबन्धन दलको शक्ति र अघिल्लोपटक जितेका रवि लामिछानेले चितवनबासीको शीर निहुर्‍याएकाले यसपटक कांग्रेसले परिणाम उल्ट्याउने दाबी गर्छन् ।

‘अघिल्लोपटक फरक परिस्थिति बन्यो । तर, यसपटक सबै मतदाताले परिस्थिति बुझिसके । अनागरिकले निर्वाचन लड्दा गल्ती गरियो, हाम्रो शीर निहुरियो भन्ने धेरै मतदातालाई लागेको छ । यसैले धेरै मतदाता गल्ती सच्याउनुपर्छ भन्नेमा पुग्नुभएको छ,’ खनालले लोकान्तरसँग भने, ‘हामीले अहिले आन्तरिक व्यवस्थापनलाई बलियो गरी सुधार गरेका छौं । हाम्रो साथमा सत्ता गठबन्धन छ । र, यो ठाउँको विकास गर्ने नै हामीले हो भन्ने भएको छ । यसैले अघिल्लोपटकको निर्वाचनको नतिजालाई उल्ट्याएर निर्वाचन जित्छौं ।’ 

निर्वाचनको मुखैमा रास्वपाका सांसदले पार्टीका लागि भन्दै २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि विपक्षीका लागि यो पनि मसलाको विषय बनेको छ । 

कांग्रेसका कमान्डर महामन्त्री शर्मा

कांग्रेसले चितवनमा पार्टीको पक्षमा माहोल बनाउन उम्मेदवारी मनोनयनदेखि नै महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको छ । उनी चितवनमै बसेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् । कार्यक्रम मिलाएर तनहुँ पनि पुगिरहेका छन् । 

निर्वाचन परिचालन समितिले चुनावी प्रचारलाई बुथबुथसम्म पुर्‍याउने गरी प्रचारप्रसार जुटिरहेको सभापति खनाल बताउँछन् । 

प्रचार र माहोललाई अझै बलियो एवं प्रभावकारी बनाउन सत्ता गठबन्धनका शीर्षस्थ नेतालाई चितवनमा उतार्ने तयारी भइरहेको जानकारी पनि उनले दिए । 

चितवन– २ मा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका पूरै वडा पर्छन् । भरतपुर महानगरपालिकाका १ देखि ५, ७, १०, ११, १२ र २९ गरी १० वटा वडा पर्छन् । गत स्थानीय तहको निर्वाचनमा कालिका नगरपालिकाको मेयरमा एमालेले कांग्रेसलाई १४३ को साँघुरो अन्तरले पराजित गरेको थियो ।

इच्छाकामना गाउँपालिका पनि एमालेले नै जितेको थियो । यी दुई पालिकामा एमाले राम्रो प्रभाव रहेको बताइन्छ । तर, भरतपुरको वडामा अफूहरूको प्रभाव रहेको कांग्रेसको दाबी छ । तर पनि रविले अघिल्लोपटक भरतपुरका वडामा भारी मतको अग्रता बनाएका थिए ।

४ मंसिरमा रविले प्रत्यक्षमा ४९ हजार भोट कटाउँदा समानुपातिकमा भने रास्वपाले ३६ हजार भोट ल्याएको थियो । प्रत्यक्षमा १५ हजार भोट ल्याएको कांग्रेसको समानुपातिकमा १२ हजार भोट आएको थियो । प्रत्यक्षमा साढे १४ हजार भोट ल्याएको एमालेले समानुपातिकमा १७ हजार भोट ल्याएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x