१४ असार २०८३, आइतबार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासहितको ८ सदस्यीय टोली रुस प्रस्थान

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासहितको ८ सदस्यीय टोली रुस प्रस्थान
फाइल फोटो

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ ।

बुधवार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वतीलगायतको ८ सदस्यीय टीम रुस प्रस्थान गरेको हो ।

प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने बताए ।

उनले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदानप्रदान गर्ने, संसद्लाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरू उल्लेख हुने बताए ।

उनले भ्रमणमा ९ जना उच्चस्तरीय व्यक्तित्वहरूसँग भेट गर्ने कार्यसूचि रहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्