मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
सीमा विवादका कारण २ मेयरबीच सामाजिक सञ्जालमा दोहोरी चल्न थालेको छ ।
धरान–इटहरी सीमा विवाद बाहिर आएपछि सामाजिक सञ्जालमा २ मेयरको दोहोरी शुरू भएको हो ।
धरान र इटहरीबीच विवाद देखिएपछि इटहरीका मेयर हेमकर्ण पौडेलले सहकार्यको प्रस्ताव गरेका थिए । धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले इटहरीको तरहरा नजिकै पानीपियामा धरानको बोर्ड राखेपछि विवाद बढेको हो ।
इटहरीको सिमाना मिचिएको भन्दै राष्ट्रिय युवासंघ इटहरीले बोर्ड उखेलेर लगेको थियो । सोही विषयमा सहमति र सहकार्यका साथ आन्तरिक विषय हल गर्नुपर्ने प्रस्ताव मेयर पौडेलले राखिरहेका बेला साम्पाङले भने मेयर पौडलप्रति नै प्रश्न उठाएका थिए ।
बहस चर्किंदै गएपछि बिहीवार फेसबूकमार्फत कालापानी र लिपुलेकमा झण्डा लिएर सँगै जान उनले प्रस्ताव गरेका छन् ।
आन्तरिक सिमानाको लागि मिलेर जानुपर्ने प्रतिक्रिया सामाजिक सञ्जालमा आएपछि त्यसलाई ध्यान दिन सुझाव दिएका छन् ।
उनले भनेका छन्, ‘धरान नगर प्रमुखज्यू नमस्कार ! सामाजिक सञ्जाल हेर्नुभएको छ ? जनता छिमेकी भएर झगडा नगर, लिपुलेक र कालापानीको सिमाना खोज्न जाऊ भन्दैछन् । बोकौं चन्द्रसूर्य झण्डा, बाँधौं टाउकोमा कफन, मारिए शहीद, बाँचे योद्धा, जाने मेयरज्यू ? म तपाईंसँग सहकार्य गर्न तयार छु । जय नेपाल !’
मेयर पौडेलले सामाजिक सञ्जालमा यस्तो स्ट्याटस लेखेपछि त्यसको प्रतिकार गर्दै हर्कले अर्को स्ट्याटस लेखेका छन् । उनले लेखेका छन्, ‘कहिल्यै अफिसबाट बाहिर ननिस्किनेले लिम्पियाधुरा जाऔं भनेछ ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...