२२ असार २०८३, सोमबार

भारतले एससीओ बैठक आयोजना गर्ने, रुसका राष्ट्रपति पुटिन सहभागी हुन सक्ने

बैशाख १५, २०८०
भारतले एससीओ बैठक आयोजना गर्ने, रुसका राष्ट्रपति पुटिन सहभागी हुन सक्ने

भारतले जुलाई ३ र ४ मा शाङ्हाई कोअपरेशन अर्गनाइजेशनको शिखर सम्मेलन आयोजना गर्ने भएको छ । 

उक्त समारोहमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुने बताइएको छ । 

गोवामा मे ४ र ५ मा हुने एससीओका परराष्ट्रमन्त्रीहरूको बैठकमा शिखर सम्मेलनका एजेन्डालाई अन्तिम रूप दिइने अपेक्षा छ । यस सम्मेलनले प्रतिआतंकवाद, अफगानिस्तानमा स्थिरता, समावेशी सम्पर्क पहल लगायतका विषयलाई समेट्ने दी इकोनोमिक टाम्स पत्रिकाले खबर दिएको छ । 

पुटिन यस सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको भए पनि चीनका राष्ट्रपति सी चिनपिङ आउने नआउने निश्चित छैन । गलवान हिंसापछि भारत र चीनबीच न्यानो द्विपक्षीय सम्बन्ध छैन । भौतिक रूपमा उपस्थित नभए पनि सीले सम्मेलनलाई भर्चुअल रूपमा सम्बोधन गर्न सक्छन् । 

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि सम्मेलनमा भौतिक वा भर्चुअल उपस्थितिको संकेत दिइसकेका छैनन् । 

यस सम्मेलनमा पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको द्विपक्षीय वार्ता हाइलाइटका रूपमा रहनेछ । युक्रेन युद्ध शुरू भएयता पुटिनको यो पहिलो भारत भ्रमण हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्