×

Nic Asia
Prabhu Bank

‘खल्तीमा सुको छैन, खुब नेता बन्नुपरेको छ । जा, छिटो एक भारी घाँस काटेर आइज ।’ बाआमाको यस्तो गाली नखाएका अहिलेका प्रौढ नेता शायदै होलान् । जो गाउँमा जन्मे, हुर्के, त्यहीँ स्कूल पढे, ती अधिकांशको दैनिकी यस्तै थियो । बिहान घरको काम गर्नु, स्कूल जानु, फर्केर आएपछि घाँस काट्नु दिनचर्या हुन्थ्यो । पहाडका धेरै घरमा वर्षभरिलाई पुग्ने अन्न फल्थेन । वस्तुभाउ पाल्यो, दूध, दही, मही आफैंले खाँदैमा ठीक हुन्थ्यो । बेच्न पुग्थेन । पैसा भए बेसाएर (किनेर ) खायो, नत्र जीवनको करीब २५ प्रतिशत समय भोकै बित्थ्यो । सक्नेले बेसाउँथे, नसक्ने भोकै हुन्थे ।

yONNEX
Frooti
Appy

केही परिवारका छोराछोरी जसोतसो स्कूल सकाएर क्याम्पस पढ्न जान्थे । धेरैले स्कूलपछि पढ्ने प्रयास गरेनन् । कलेज जाने भएपछि अभिभावकले अलिअलि भएपनि खर्चको जोहो गरिदिन्थे । खर्च धान्नै नसक्ने भएपछि दुईचार महिनापछि तिनै अभिभावकले घरमा आएको छोरालाई भन्थे, ‘अब मैले पुर्‍याउन सकिनँ, केही सानोतिनो जागिर गरेर पढ्नू ।’


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

त्यतिबेला कोही खाली खुट्टामा हुन्थे, कोही हात्तीछाप चप्पलमा । अलि राम्रो भनेको पायल चप्पल थियो । त्यो महंगो पर्थ्यो । तुना छिनेपछि डोरीले बाँधेर काम चलाउँथे । हात्तीछाप चप्पलको तुना भने पोलेर टाँस्न मिल्थ्यो । जुत्ता लगाउने एकाध विद्यार्थी मात्र हुन्थे । केहीले जागिर गर्दै पढे, केहीले पढाइ नै छाडेर जागिर वा व्यवसायमा लागे ।


Advertisment
Lokantar App
Saurya island

अर्को एउटा तप्का पनि थियो, उनीहरू राजनीतिक संगठनतिर लागे । यिनको खर्च शहरका धनी नेताले पुर्‍याउँथे । ती नेतालाई पनि मज्जाले खटिने कार्यकर्ता चाहिएको हुन्थ्यो । संगठनले चन्दा उठाउँथ्यो, त्यताबाट पनि खर्च चल्थ्यो । नेताको पछि लाग्दै येनकेन पार्टीको संगठनको सिंढी चढ्दै गए । 

JYOTI
Vianet communication

उमेर बढ्दै जाँदा आवश्यकता र चाहनाले ढपक्कै ढाक्यो । डेरामा बसेर सधैं भाडा बुझाउनुपर्ने हैरानी त छँदै थियो । वरिष्ठ नेताहरूको भव्य लवाइखवाइ देख्दा मनमा तृष्णा जाग्ने नै भयो । एकदिन ती नेताको घर बसेर मात्र नपुग्ने । एक छाक मीठो खाएर मात्र नहुने । यी सारा विलासी शैली नअपनाएसम्म राजनीतिमा टिक्न नसकिने अवस्था भयो । अनि गुरुहरू (सिनियर नेता) बाट सिक्दै जान थाले । मानिस सुख सुविधाबाट पर जानै सक्दैन । लोभ धेरथोर जो केहीमा हुन्छ । हो यही लोभको लोभ अलि माथि हुँदा शुरू भएको हो, नेताहरूको भ्रष्टाचारको यात्रा ।

पाठकहरूलाई व्याख्या शायद लामो लाग्ला । भ्रष्टाचारको ‘गुदी कुरो’ यही हो । सानो लेखमा व्यक्तिपिच्छेको प्रोफाइल लेख्न सम्भव हुँदैन । त्यसैले, भ्रष्टाचारमा संलग्न अधिकतम व्यक्तिको पृष्ठभूमि उजागर गर्न खोजिएको हो ।

नेपाल प्रहरी र सरकारबाट भएको यो प्रयासमा असल पुराना वा नयाँ राजनीति शक्तिले साथ दिनेबित्तिकै कुरूप कुशासकीय चित्र मेटिएर सुन्दर सदाचारी शासनमा बदलिनेछ । दल र वादबाट माथि उठेर सारा सच्चा नेपाली नागरिक एकजुट हुनैपर्ने छ ।

फेरि गरीब परिवारमा जन्मेको नेता मात्र भ्रष्टाचारी हुन्छ भन्ने भाष्य तयार गर्न खोजिएको होइन । भ्रष्टाचारीको खास वर्ग हुँदैन । धनी गरीब जसले पनि भ्रष्टाचार गर्न सक्छन् । हुनेलाई अझै धेरै लोभ हुन्छ भन्छन् ।

यो आलेखले ती बहुसंख्यक भ्रष्ट नेताहरूको प्रतिनिधित्व अवश्य गर्नेछ । 

टोपबहादुर र बालकृष्ण जन्माएका गौरवशाली पार्टीहरू !

कम्युनिस्टहरूले भन्ने गर्थे, हाम्रो गौरवशाली पार्टी । कांग्रेसले भन्थ्यो, ‘समाजवाद’ । प्रमुख दलभित्र यी राजनीति ‘जार्गन’ अहिले अलि कम सुनिन थालेका छन् । शायद नेताहरू स्वयंले यसको औचित्य देखेनन् होला । जब कम्युनिस्ट पार्टीले टोपबहादुर रायमाझी र कांग्रेसले बालकृष्ण खाँण जन्माए, त्यतिबेलादेखि नै यिनको समाजवादको यात्रामा पूर्णबिराम लागेको छ । न कम्युनिस्टको ‘गौरव’ बाँकी रह्यो, न कांग्रेस ‘समाजवाद’को जंघार तर्‍यो । शेष रह्यो त केवल भ्रष्टचारका शृंखलाहरू ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी र खाँण प्रतिनिधि पात्र मात्र हुन् । यहाँ कयौं यस्ता नेताहरू छन्, जसको पैत्रिक सम्पत्ति शून्य बराबर थियो, तर अहिले करोडौंको सुविधामा जीवनयापन गरिरहेका छन् । हाम्रो राजनीतिमा धनी परिवारबाट राजनीति गर्ने चलन निकै कम भयो । हो, पशुपति शमशेर जबरा, जो पैत्रिक सम्पत्तिमा सम्पन्नशाली भएरै राजनीतिमा होमिए । यस्ता अपवादमा केही नेता मात्र होलान् । केही मध्यमस्तरको परिवारबाट पनि राजनीतिमा आए । तर, यीभन्दा पृथक बहुसंख्यक नेताहरू विपन्न परिवारबाटै राजनीतिमा प्रवेश गरेका हुन् । हालकै पार्टी नेतृत्वमा भएका नेताहरूको पैत्रिक सम्पत्तिको पृष्ठभूमि केलाएर हेर्दा त्यो स्पष्ट हुन्छ ।

२०६३ सालको कुरा हो । मुक्तिराम दाहालसँग यो पंक्तिकारको भेट हुने संयोग जुर्‍यो । युद्धकाल भएकाले शर्तकतापूर्वक भेट्नुपर्ने अवस्था थियो । भेटमा उनले कास्की ढिकुरपोखरीबाट चितवन बसाइँ सर्नुको मुख्य कारण दुईछाक भात खान नपुग्नु भएको बताएका थिए । 

‘दिनदिनै कोदोको रोटी र ढिँडो मात्र खानुपर्ने । कोदो खाँदाखाँदा नाक लाग्ने । भातको मुखै देख्न नपाइने । मधेश झरेसी भात खान अभाव नहुने । यी छोराछोरीलाई भात खुवाएर हुर्काउन चितवन आएको हुँ,’ मुक्तिरामले भनेका थिए । दुईछाक भात खानै मुस्किल परिवारका ती संघर्षशील बुवा मुक्तिराम दाहाल आज यो संसारमा छैनन् । तर, उनले अभावका बीच हुर्काएका लालाबालाहरू अहिले जीवित नै छन् । तीमध्ये एकजना यो देशको शक्तिशाली पदमा विराजमान छन् । उनी हुन्, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । 

मुक्तिराम परिवार (जेठो छोरा प्रचण्ड)को पुष्ठभूमिसहितको आर्थिक अवस्थाका बारेमा यो पंक्तिकारले त्यो बेला एक राष्ट्रिय दैनिकमा समाचार प्रकाशित गरेको थियो । सम्भवतः प्रचण्डको बुवाको पहिलो अन्तर्वार्ता थियो त्यो । त्यसपछि अन्य धेरै मिडियाले पच्छ्याएका थिए । 

राजनीति गर्ने क्रममा भूमिगत हुनुअघि केही वर्ष प्रचण्डले गोरखामा अध्यापनको काम गरे । त्यो आम्दानीले दैनिक गुजाराबाहेक केही चल्दैनथ्यो । राजनीतिमा पूर्णकालीन बनेर होमिएपछि उनले शिक्षण पेशा छाडे । त्यसपछि न उनले कुनै जागिर खाए, न कुनै व्यवसाय गरे, न कुनै इलमको शुरूआत नै । तर, आज उनै भात खान नपुग्ने विपन्न मुक्तिराम परिवारका छोरा नातिले रोजीरोजी खाना पाइरहेका छन् । छोडीछोडी पोशाक फेरिरहेका छन् । धेरैलाई लाग्न सक्छ, यो सन्दर्भ प्रचण्डतिर मात्र तेर्सिन्छ ? होइन, समान (न्यून) आर्थिक अवस्थासँग जुध्दै तेह्रथुमबाट झापा झरेका केपी ओली, बैंकको जागिर छाडेर राजनीतिमा लागेका माधव नेपाललगायतका सयौं नेतहरूसँग ठ्याक्कै मेल खान्छ ।

देशको शक्तिशाली पदमा विराजमान भएको हुँदा प्रचण्डको व्याख्या सान्दर्भिक लागेकाले उल्लेख गरिएको मात्र हो । शीर्ष नेतृत्वमा शेरबहादुर देउवाको पैत्रिक सम्पति अन्य नेताको तुलनामा मजबुत थियो । त्यसैले, देउवाको पृष्ठभूमि तमाम नेताहरूभन्दा केही पृथक छ । तर, नेपालको राजनीतिले निम्न, मध्यम र उच्चवर्गका नेताहरूलाई समान ढंगले भ्रष्टाचार गर्न सिकाएको छ ।

निम्नवर्गको नेताले भ्रष्टाचार गरेको छ्याङ्ग देखिन्छ भने मध्यम वा उच्चवर्गका नेताको सम्पत्तिमा कति धन थपियो अन्दाज नै हुँदैन । प्रमाणित गर्न पनि कठिन हुन्छ । निम्नवर्गको परिवारको नेताको सम्पत्ति छानबिन गर्न निकै सजिलो हुन्छ, फरक यति मात्र हो । त्यसैले, गरीब परिवारबाट राजनीतिमा उदाएकाले मात्र भ्रष्टाचार गर्छन् भन्ने भाष्य पनि गलत हुनेछ । तर, भ्रष्टाचारको पारदर्शी चित्र जति गरीब परिवारको नेतामा स्पष्ट देखिन्छ, उति धनी परिवारको नेतामा देखिन्न । समग्रमा प्रचण्ड र ओलीहरूको राजनीति स्कूललिङबाट सिर्जना भएका भ्रष्ट आचरणहरू अहिले छताछुल्ल हुन थालेका छन् । यो निकै सुखद् क्षण हो ।

किसुनजीले इन्कार गरेको त्यो पैसाको बिटो

कांग्रेस र कम्युनिस्टभित्र त्यस्ता केही नेता छन्, जसले सधैं सदाचारको जीवन व्यतित गरे । हाल एमालेमा रहेका काशिनाथ अधिकारी त्यही अपवादमा पर्छन् । चार दशकभन्दा लामो राजनीति यात्रामा उनले कहिल्यै लाभको पद ग्रहण गरेनन् । ५०को दशकदेखि नै एमालेको शीर्ष तहमा रहेर काम गरेका उनले राजनीति गर्दागर्दै भएको पैत्रिक सम्पत्ति पनि सकिसकेका छन् । पार्टीमा सधैं पोलिटब्युरो सदस्यमा जमेर पनि कुनै सरकारी पदमा बसेनन् । यो पंक्तिकारले यी काशिनाथ अधिकारीलाई राम्रैसँग जान्ने मौका मिलेकाले यो सन्दर्भ आवश्यक देखेर जोडेको हुँ । तर, यहाँ अझ विगतका एक त्यस्ता त्यागी नेताको घटना उजागर गर्न खोजिएको छ, जुन नेपालको राजनीतिमा सबैभन्दा असली प्रेरणाको स्रोत बनेर स्थापित छन् । ती हुन्, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई । 

कुरो हो, ०५६ साल फागुन अन्तिम साताको । कांग्रेसभित्र आफ्नै सरकार ढाल्न विद्रोह शुरू भयो । प्रधानमन्त्री थिए, किसुनजी अर्थात् कृष्णप्रसाद भट्टराई । पार्टीभित्रको विद्रोहमा धेरै सांसदले राजीनामाको तयारी थालिसकेका थिए । किसुनजीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भयो । त्यो अविश्वासको प्रस्ताव दर्ता गरेको विपक्षी दलले थिएन । आफ्नै पार्टीका सभापति गिरिजाप्रसाद कोइरालाको अगुवाइमा कांग्रेसले दर्ता गरेको थियो । यहीबीचमा ११ जना मन्त्रीले सामूहिक राजीनामा दिए । यो संकटको घडीमा किसुनजीकहाँ शेरबहादुर देउवा एउटा उपाय लिएर पुगेका थिए । शेरबहादुरले किसुनजीलाई सुझाउँदै भने, ‘धेरै सांसदलाई चुनाव लड्दा ऋण लागेको छ, अलिअलि पैसा दिनुपर्‍यो, अविश्वासको प्रस्ताव फेल भइहाल्छ ।’ यो कुरा सुन्नेबित्तिकै किसुनजीले बम्किँदै भनेछन्, ‘के बोलेको शेरुबाबु ? हुँदैन । पैसा बाँडेर म पदमा बस्दिनँ । बरु प्रधानमन्त्री छाडिदिन्छु ।’

उनले सन्देश पठाए, ‘गिरिजाबाबुलाई भन्नुस्, अविश्वासको प्रस्ताव फिर्ता गर्नु, म राजीनामा दिन्छु ।’ अन्ततः चैत ३ गते कृष्णप्रसाद भट्टराईले राजीनामा दिए । उनले संसद्मा व्यक्त गरेको राजीनामा सन्देश सुनेर अधिकांश सांसद रोएका थिए । पार्टीभित्रको पापी जमातका कारण उनी (०५६ जेठ १३ – चैत ३) जम्मा दश महिना सरकारमा बसे । उनले राजनीतिमा उच्च नैतिकता बचाए भने पार्टीको साख पनि जोगाएका थिए । त्यतिबेला व्यापारीले शक्तिशाली नेतालाई चाहेजति पैसा दिन्थे । किसुनजीका लागि देउवाले पैसाकै बिटो जुटाउन तयारी थालेका थिए । तर, किसुनजीले यो सब इन्कार मात्र गरेनन्, घोर विरोध गरे । जीवनभर उनले कुनै सम्पत्ति जोडेनन् । आश्रममा बसे । किसुनजीले देखाएको उच्च त्याग र निष्ठाको राजनीति अहिलेसम्म कुनै नेताले देखाउन सकेका छैनन् । 

नक्कली शरणार्थी प्रकरण हेर्दा संगठित अपराधको जालो कतिसम्म जेलिएको रहेछ भन्ने प्रमाणित हुन्न र ? २०४७ सालदेखिका प्रधानमन्त्री, मन्त्री, सांसद, सचिवालयका व्यक्तिहरू, सरकारी उच्च व्यक्तिहरूलगायत लाभको पदमा बसेका अधिकांश व्यक्तिको सम्पत्ति छानबिन र कारवाही गर्न यो पंक्तिकारले ०७० सालदेखि लगातार लेख्दै र बोल्दै आएको छ ।

अन्त्यमा छुटाउन नहुने कुरा

यतिबेला नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण मात्र होइन, प्रधानमन्त्री भइसकेका व्यक्तिहरू पनि जोडिएको प्रमाण आउन थालेका छन् । सरकारी वकिल कार्यालयमा कतिपय अभियुक्तले शेरबहादुर देउवा र आरजु देउवाले पैसा खाएको, केपी ओलीका लागि उनको स्वकीय सचिवलाई पैसा बुझाएको बयान दिएका छन् ।

आरोपीहरूले प्रधानमन्त्री (तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा)सम्मलाई पैसा बुझाउनु परेको भन्ने बयान दिँदा कुनै समय उनकै विश्वास पात्र रहेका बालकृष्ण खाँणले ‘नोट इट’ भनेको कुरा सार्वजनिक भइसकेको छ । सरकारी वकिलको कार्यालयले यी सबै कुरा टिपोट गरेको छ ।

यी सबै कुरा हेर्दा संगठित अपराधको जालो कतिसम्म जेलिएको रहेछ भन्ने प्रमाणित हुन्न र ? २०४७ सालदेखिका प्रधानमन्त्री, मन्त्री, सांसद, सचिवालयका व्यक्तिहरू, सरकारी उच्च व्यक्तिहरूलगायत लाभको पदमा बसेका अधिकांश व्यक्तिको सम्पत्ति छानबिन र कारवाही गर्न यो पंक्तिकारले ०७० सालदेखि लगातार लेख्दै र बोल्दै आएको छ । अहिले बल्ल सबैले यो विषय उठाउन थालेका छन् । जेहोस्, यो ८० को दशक भ्रष्टाचार निर्मुलको दशक बन्नेछ र ठूलो जेल बनाएर सबै भ्रष्टहरूलाई सजाय दिने बेला आएको छ । 

सबै एकैपटक जाग्ने हो भने यो सपना विपनामै साकार हुने संकेत देखिएको छ । त्यसका लागि कुनै लाभको पदमा नबसेका स्वतन्त्र व्यक्ति सम्मिलित आयोग गठन अनिवार्य छ । यिनै आयोग, विभाग र सरकारी अड्डाबाट भ्रष्टाचार नियन्त्रण हुन्छ भन्नु ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै हो । असम्भव प्रायः छ ।

अर्को कुरा, जसरी भ्रष्टाचारविरुद्ध जागरणको दियो बालेर उदाएको रास्वपाले जुन राजनीतिक शक्ति आर्जन गरेको छ, त्यसरी नै उसले यसपालिदेखि नै भ्रष्टाचारका सम्पूर्ण तत्त्व नष्ट गर्न र भ्रष्टाचारीलाई कारवाही गर्न कम्मर कसेर लाग्नै पर्छ । नत्र रास्वपाको हविगत पनि पुराना दलहरूको भन्दा पृथक हुने छैन ।

नेपाल प्रहरी र सरकारबाट भएको यो प्रयासमा असल पुराना वा नयाँ राजनीति शक्तिले साथ दिनेबित्तिकै कुरूप कुशासकीय चित्र मेटिएर सुन्दर सदाचारी शासनमा बदलिनेछ । दल र वादबाट माथि उठेर सारा सच्चा नेपाली नागरिक एकजुट हुनैपर्ने छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १, २०८०

नेपालको संविधान २०७२ को भाग ४ ले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी व्यवस्था गरेको छ । भाग ४ को धारा ५१ मा राज्यका विभिन्न नीतिहरूबारे विशेष व्यवस्था छ । जसमध्ये 'विकास सम्बन्धी नीति'मा(५...

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

बैशाख २७, २०८०

सम्माननीय सभामुख महोदय, विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकताका सम्बन्धमा यस सम्मानित सदनमा आफ्ना विचार विश्लेषण प्रस्तुत गर्न म यहाँ उभिएको छु ।  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्...

जेठ ५, २०८०

संविधान कार्यान्वयनपछि निर्वाचित संस्थाहरूले आफ्नो पहिलो कार्यावधि संघीयता कार्यान्वयनका केही आधारभूत कानूनबेगर नै पूरा गरे । संविधानले दिएको अधिकार प्रयोग गर्ने प्रणाली निर्माण गर्न ती कानूनहरूको अभावमा आफूहरू...

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x