असोज १३, २०८०
नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गराएका छन् । खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल रहेका छन् भने ...
नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका उनलाई प्रहरीले आइतबार काठमाडौँबाटै पक्राउ गरेको हो । प्रहरी स्रोतले उनी काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेको पुष्टि गर्यो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले उनीविरुद्ध वैशाख २० मा पक्राउ पुर्जी (वारेन्ट) जारी गरेको थियो । त्यससता फरार रहँदै आएका उनलाई आइतबार भने प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनी भारत भागेको आशंका गरिएपनि काठमाडौँमै भेटिएका हुन् ।
वैशाख २० मै प्रहरीले उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुजी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकै दिन सन्दीप पक्राउ परेपनि टोपबहादुर भने प्रहरीलाई छल्दै फरार भएका थिए ।
एमालेले सुरुमा उनको बचाउ गरेको थियो । तर, चौतर्फी दवाव भएपछि वैशाख २७ मा पार्टीले निलम्बन गरेको थियो । त्यसको अघिल्लो दिन प्रहरीेले उनको ललितपुरस्थित घरमा खानतलासी समेत गरेको थियो । खानतलासी गरेपनि प्रहरीले उनलाई फेला पार्न सकेको थिएन ।
यस प्रकरणमा यसअघि नै पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सरकारका सचिव टेकनारायण पाण्डेसहित १२ जना पक्राउ परिसकेका छन् । उच्च राजनीतिक नेतृत्व मुछिएको यो प्रकरणमा सरकारले कसैलाई नछाड्ने बताउँदै आएको छ ।
नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गराएका छन् । खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल रहेका छन् भने ...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाएको हो । यससँगै अब ग्यासको मूल्य २११० रुपैयाँ प...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा विभिन्न समयमा बन्द भएका चिनियाँ नाका खोल्ने विषयमा महत्त्वपूर्ण छलफल भएको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्...
नेकपा एमाले कोशी प्रदेशको अधिवेशन विराटनगरमा जारी छ । ५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार दिउँसो मनोनयन फारम वितरण गरिएको छ । छनोट भएका ९९७ प्रतिनिधिका लागि ७ स...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले जारी गरेको नयाँ नक्सामा नेपालको 'चुच्चे नक्सा' नसमेटिएको बारे भ्रमणमा चर्चा भएको दाबी गरेका छन् । नक्साबारे पहिले नै कुरा भएको र आगामी दिनमा सकारात्मक ढं...
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा नेताहरूबीच भनाभन भएको छ । शुक्रवार संसदीय दलको कार्यालयमा बसेको बैठकमा विवाद हुँदा बैठक पुस्तिका (माइन्युट) खोसाखोस भएको खुलेको छ । दलका नेता उद्धव ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...