२२ असार २०८३, सोमबार
प्रधानमन्त्रीसँग प्रश्नोत्तर

शरणार्थी प्रकरणमा दोषी देखिए भीआईपी र भीभीआईपी कसैलाई छाड्दैनौं– प्रधानमन्त्री

शरणार्थी प्रकरणमा दोषी देखिए भीआईपी र भीभीआईपी कसैलाई छाड्दैनौं– प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नक्कली शरणार्थी प्रकरणमा जोसुकै मुछिए पनि कानूनी कारवाहीको दायरामा आउने बताएका छन् ।

प्रतिनिधिसभामा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले यो प्रकरणमा दोषी देखिएका भीआईपी र भीभीआईपीलाई पनि नछाड्ने बताएका हुन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी देखिएका जुनसुकै दलका (व्यक्ति)लाई पनि कानूनी दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी राखेको छैन, राख्ने छैन । प्रहरीको अनुसन्धानमा कुनै निकायबाट हस्तक्षेप भएको छैन र हुन दिइने पनि छैन,’ प्रचण्डले भने, ‘दोषी कोही उम्किदैनन्, निर्दोष फस्दैनन् । तर, दोषी जोसुकै भए पनि कानूनी कारवाहीको दायरामा आउँछन् । भीआईपी र भीभीआईपी परेका छन् । छानबिनले पनि त्यो देखाएको छ ।’ 

निष्पक्ष छानबिनका लागि सरकार अघि बढेको भन्दै उनले यो विषय सबै दलका निम्ति संवेदनशील रहेको पनि बताए ।

‘निष्पक्ष, तटस्थ र व्यावहारिक छानबिन गरी अपराधीलाई कानूनको दायरामा ल्याउन सरकार दृढ छ । गृहमन्त्रीलाई दोषी नउम्किने र निर्दोष नपर्ने गरी  काम अगाडि बढाउन निर्देशन दिएको छ । प्रहरीले पनि प्रक्रियालाई अगाडि बढाएको छ,’ प्रधानमन्त्रीले भने, ‘यो सबै दल, राजनीतिक नेतृत्व र देशकै निम्ति संवेदनशील विषय छ । कारवाहीको दायरा ल्याएमा मात्रै सुशासन दिन सकिन्छ भन्नेमा सरकार दृढ छ ।’

salt training

कमेन्ट गर्नुहोस्