पशुपतिनाथ मन्दिरको जलहरी काण्डबारे तीन दलका शीर्ष नेताबीच सहमति भए पनि शनिवार तोकेकै समयमा प्रतिनिधिसभा बैठक बस्न सकेको छैन । पशुपतिमा जलहरी राख्दा सुनमा घोटाला भएको माओवादी सांसदको आरोपछि एमालेले शुक्रवार प्रतिनिधिसभा बैठक अवरोध गरेको थियो ।
पित्तलको जलहरी राखिएको आरोप लगाउने सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने समझदारी प्रमुख दलका शीर्ष नेताले गरेका थिए । शनिवार बिहान सहमति भए पनि निर्धारित समयमा प्रतिनिधिसभाको बैठक बस्न नसकेको हो । प्रतिनिधि सभा बैठक ४ बजे बस्ने भनिएको थियो । पाँच बजिसक्दा समेत बैठक शुरू भएको छैन ।
आज प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
बैठक बस्नेबारे आन्तरिक छलफल भइरहेको जानकारी कांग्रेस सांसद रामहरि खतिवडाले दिए ।