
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन् । सोमवार गणतन्त्र दिवसको दिन काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्टयाइएका जग्गामा वृक्षारोपण गर्दै उनले सार्वजनिक जग्गालाई नजिकका मानिसलाई दिन नहुने बताएका हुन् ।
सरकारले सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्ने उनले बताए ।
काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा खोजेर ती जग्गाहरूको संरक्षणका लागि आफूले वृक्षारोपण गर्ने उनको भनाइ छ ।
सांसद पौडेलले सार्वजनिक जग्गा स्थानीय जनताको हितका लागि प्रयोग गर्नुपर्ने बताए । सरकारले नजिकका मानिसको स्वार्थ पुरा गर्न सार्वजनिक जग्गा लिजमा दिए आफू विरोधमा उत्रिने उनले बताए ।