×

NMB BANK
NIC ASIA

एनसेल कन्सर्टमा झुम्यो विराटनगर

जेठ १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

एनसेल आजियाटा लिमिटेडले शनिवार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ ।

Muktinath Bank

कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समूहरूको प्रस्तुतिका गाउँदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सदावहार दीपक बज्राचार्य एण्ड रिदम व्यान्डदेखि आषिश राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डितलगायतले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए । कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टमा अझै रौनकता थपिएको थियो ।


Advertisment
Nabil box
Kumari

सांगीतिक कार्यक्रममा झुम्न पाएका हजारौं विराटनगरका दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो । दिउँसो केही गर्मी भए पनि दर्शकहरुले अस्मिता अधिकारी र सुनिल पण्डितका गीतहरूमा गाउँदै नाचेका थिए ।

Vianet communication
Laxmi Bank

द एलिमेन्ट्सको प्रस्तुतिले दर्शकहरुमा झनै उर्जा थपिदिएको थियो । द एलिमेन्ट्सले उर्जा, सपनाको मायालु, बिर्सिने हौ कि लगायतका आफ्ना हिट गीतहरूका साथ दर्शकहरूलाई संगीतमा डुबाउँदै झुमायो । धोकेबाज हौ तिमी, क्या दामी भो, पिलायो साथीले जस्ता लोकप्रिय गीतका साथ कलाकार शिव परियारले विराटनगरवासीलाई नचाए ।

त्यस्तै लाउरेको नेपहपको बाटो, दुई रुपैयाँ, बिरामी जस्ता र्‍याप गीतले सांगितीक कार्यक्रम झनै तातिएको थियो । दीपक बज्राचार्य एन्ड रिदम ब्यान्डको मन मगन, काली काली हिस्सी परेकी, मायाको डोरीलगायतका चर्चित गीतहरुको प्रस्तुति साथ शनिवार विराटनगर संगीतमय बन्यो । 

‘रमाऔ सधै सँगै’ भन्ने थिमका साथ आयोजना गरिएको यस सांगीतिक कार्यक्रमले विराटनगरका आफ्ना ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै, देश विदेशमा रहनुभएका सबैसँग फेसबुक लाईभमार्फत जोडिए खुसी साटा साट गर्न सफल भएको एनसेलले जनाएको छ । ग्राहक सुविधाकोलागि कार्यक्रम स्थलमा एनसेलको स्टलका साथै अन्य फुड स्टलहरु पनि रहेको थियो ।

यस अघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा आयोजना गरेको थियो । अर्थतन्त्र, पर्यटन व्यवसायलाई चांडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने लगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोजना गरिएको थियो ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x