×

Dabur
MG

सत्यवती जीप दुर्घटना : मृतक ४ जनाको पहिचान

पाल्पा | जेठ २२, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको संख्या ४ पुगेको छ ।

yONNEX
Sagarmatha Cement

अहिले मृतक सबैको पहिचान खुलेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
       
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतवार साँझ दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित ३ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
       
मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका २ वर्षीय बालक संयोग गौतम रहेका छन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 
       
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । घाइते ५ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, २ जनाको चौराहा अस्पताल बुटवल र ४ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

जीप सडकदेखि करीब ७० मिटर तल खसेको छ । दुर्घटना सम्बन्धी अहिले अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

 उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले आज...

असोज १३, २०८०

चर्चित अमेरिकन रेष्टुरेन्ट ब्रान्ड 'केन्नी रोजर्स रोस्टर्स' (केआरआर) नेपाल भित्रिएको छ । काठमाडौंको भीआईपी व्यापारिक क्षेत्रका रूपमा परिचित दरबारमार्गको ‘दरबार मल’मा केन्नी रोजर्स रोस्टर्सको आउटल...

असोज १३, २०८०

चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण शुरू भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि  म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिवि...

असोज १२, २०८०

 क्रिकेट खेल विकास र खेलाडीहरूबीच भाइचारा विकास गर्ने उद्देश्यले कास्की र तनहुँबीचको दुई शृङ्खलाको क्रिकेट प्रतियोगितामा कास्की विजयी भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रि...

असोज १३, २०८०

नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा निर्वाचन तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आज नोमिनेशन र भोलि निर्वाचन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन तालिका अनुसार आइतवार बिहान ११ बजेबाट मतदा...

असोज १२, २०८०

 प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सक्षम र सुदृढ न्यायपालिका बनाउने जिम्मेवारी पूरा गर्ने बताएका छन् ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित नेपाल बार एशोसियनको केन्द्रीय साध...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x