×

NMB BANK
NIC ASIA

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु, सुवासलाई ५ स्ट्रोकको अग्रता

काठमाडाैं | जेठ २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु भएको छ ।

Muktinath Bank

२०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगितामा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले सानदार शुरुवात गर्दै ५ स्ट्रोकको अग्रता बनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले पहिलो दिन ९–अन्डर ६३ को उत्कृष्ट स्कोर दर्ज गरे । यो स्कोरमा सुवासले प्रोफेसनल गल्फर तोरण विक्रम शाहीलाई ५ स्ट्रोकले पछि पारेका हुन् ।


Advertisment
Nabil box
Kumari

गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा तोरणले पहिलो दिनको खेल ४–अन्डर ६८ मा पूरा गरे । जयराम श्रेष्ठ र शिवराम पौडेलले ३–अन्डर ६९ को स्कोरमा संयुक्तरुपमा तेस्रो स्थान बाँडे ।

Vianet communication
Laxmi Bank

यसैगरी एमेच्योर खेलाडी सदभाव आचार्य २–अन्डर ७० सहित पाँचौ स्थानमा छन् । १–अन्डर ७१ को स्कोरमा डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईसहित कृष्णमान राजबाहक र दिनेश प्रजापति संयुक्तरुपमा छैटौं स्थानमा छन् । यसैगरी सूर्यप्रसाद शर्मा, भुवन नगरकोटी, दलबहादुर लामा, रवि खड्का र राजेन्द्र थापा मगर संयुक्तरुपमा नवौं स्थानमा छन् । उनीहरूले पहिलो दिनको खेल इभन–पार ७२ मा सकाए ।

दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण विजेता सुवासले प्रो गल्फरहरूलाई पहिलो दिनदेखि नै दबाब दिने क्रममा उत्कृष्ट शुरुवात गरे । पहिलो, दोस्रो र तेस्रो होलमा लगातार तीन बर्डी प्रहार गरे । आठौं होलमा एक सट खेर फाले पनि पाँचौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । ब्याक नाइनमा पनि सुवासले उत्कृष्ट लयलाई निरन्तरता दिए ।

१०औं होलमा एक सट बचाउँदा ५–पारको ११ औं होलमा इगलको सफलता प्राप्त गरे । यसपछि १२औं र १४औं होलमा एक–एक सट बचाउँदै उनले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए ।

तोरणले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा पूरा गरे । दिनको शुरूवात बोगीबाट गरे । पहिलो होलमा बोगी खेपे पनि तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । यसपछि १२औं र १६औं होलमा एक–एक सट बचाए ।

जयरामले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । पहिलो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दा चौथो होलमा बोगी खेपे । ब्याक नाइन १–अन्डर ३५ मा पूरा गरे । ११औं र १३औं होलमा एक–एक सट बचाउँदा १५औं होलमा बोगी खेपे ।

शिवरामले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाउने क्रममा पहिलो, दोस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे । ब्याक नाइन इभन–पार ३६ मा पूरा गरे । उनले ११औं होलमा बर्डी र १७औं होलमा बोगी प्रहार गरे ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीले ७२ होलको प्रतियोगिता खेल्नेछन् । ३६ होलको समाप्तीमा शीर्ष २१ प्रो र कम्तिमा ६ एमेच्योर खेलाडीले कट बनाउनेछन् ।

कुल १५ लाख २० हजार नगद  पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ । यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः १ लाख ७० हजार, १ लाख २० हजार र १ लाख प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद हात पार्नेछन् ।

सूर्य नेपाल गल्फ टुर अन्तर्गत ८ मध्ये ७ वटा प्रतियोगिताको सकिँदा ५ लाख १३ हजार ५ सय रुपैयाँका साथ भुवन नगरकोटी यो सिजन सर्वाधिक कमाउने खेलाडी सूचीको शीर्षस्थानमा छन् । उनी भन्दा १९ हजार ५ सय रुपैयाँ कम ४ लाख ९४ हजार रुपैयाँका साथ दोस्रो नम्बरमा शुक्रबहादुर राई रहेका छन् । यो प्रतियोगिताले अर्को सिजनको नम्बर १ खेलाडीको छिनोफानो समेत गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x