२० असार २०८३, शनिबार

एमालेले उमेर हद हटाएकोमा वामदेव खुसी, ओलीले बोलाए नि:सर्त फर्किन तयार

जेठ २४, २०८०
काठमाडौं
एमालेले उमेर हद हटाएकोमा वामदेव खुसी, ओलीले बोलाए नि:सर्त फर्किन तयार

राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा एमालेले उमेर हद हटाएकोमा खुसी व्यक्त गरेका छन् । बुधवार राष्ट्रियसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमालेले उमेर हद हटाएकोमा खुसी व्यक्त गरेका हुन् । 

अध्यक्ष केपी शर्मा ‌ओलीले बोलाए आफू नि:सर्त र खुसीसाथ एमालेमा फर्किने उनले बताए । 'उमेर हद शारीरिक अवस्था हो । उमेरका आधारमा विभेद गर्न पाइँदैन । यो अपराध हो । यो हट्नै पर्ने हो ।  यसपटक हटाएको होइन, निलम्बन गरेको हो,' उनले भने, 'यदि उहाँहरूले मलाई खबर गर्नुभो । तपाई आउनुपर्‍यो भन्नुभयो भने म र मसँग भएका साथीहरू लिएर जान्छु । यही अवस्थामा जान्छौँ ।'

अहिले पनि आफू एमालेकै सदस्य रहेको उनले दाबी गरे । 'उहाँहरूले मलाई नै रोक्न उमेर हद ल्याउनुभएको हो । त्यसको माया छ । मलाई एमालेबाट हटाइसकेको छैन,' उनले भने, 'अहिले पनि म एमालेकै सदस्य हो । आउनुस् त भन्नुपर्छ । मसित पार्टी छैन । पार्टी जोसित छ उहाँहरूले भन्ने हो । उहाँहरूले भन्नुभयो भने म निसर्त जान तयार छु ।'

उनले आफू कुनै पद लिन नभई पार्टीमा योगदान गर्न जाने उनले बताए । 'वामदेश अध्यक्ष वा महासचिव हुन जाने होइन । कसैको भाग खोज्न जाने होइन,' उनले भने, 'नौजवानहरूलाई प्ररित गर्न जाने हो । मबाट नोक्सान व्यहोर्नुहुन्न । म यो देऊ पनि भन्दिनँ । तर, मेरो काम गर्ने ठाउँ चाहिन्छ । क्षेत्र चाहिन्छ ।'

यही वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि पार्टीले हिजो (जेठ २३ गते) जारी गरेको अन्तरपार्टी निर्देशन–७ मा उमेर हद हटाइएको उल्लेख छ । 

अन्तरपार्टी निर्देशन–७ को विविध निर्णयअन्तर्गत् केन्द्रीय कमिटीको उमेर हदसम्बन्धी व्यवस्थामा ‘पार्टी विधानमा रहेको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने’ उल्लेख गरिएको छ । 

यसअघि पार्टीमा रहने केन्द्रीय सदस्यको उमेरहद ७० वर्ष तोकिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्