असोज ६, २०८०
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले नेपाल प्रहरी ‘सुरक्षित उपत्यका अभियान’मा लागेको बताएका छन् । सामुदायिक सेवा केन्...
सरकारीस्तरमा सञ्चालित भोजपुर जिल्ला अस्पतालमा औषधि अभावको गुनासो आउन थालेपछि सो समस्या आउन नदिन सरोकारवाला निकायबीच छलफल गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षतामा आज बसेको बैठकमा अस्पताल सञ्चालनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने आवाज उठेको हो ।
दुर्गम जिल्ला भएकाले औषधिको अभाव हुन नदिनका लागि मौज्दात सकिनुभन्दा अगाडि नै पुनः ढुवानी हुने व्यवस्था गरिनुपर्ने अस्पाताल विकास समितिका अध्यक्ष राईले बताए । सिटामोलजस्ता सामान्य औषधि पनि नागरिकले पाउन नसकेको गुनासो आफूसँग पनि आएको बताउँदै विकास समितिका अध्यक्ष राईले तोकिएको समयमा ढुवानी नगर्ने आपूर्तिकर्तालाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
सो क्रममा जिल्ला अस्पताललाई आवश्यक पर्ने औषधिजन्य सामग्री समयमा आपूर्तिकर्ताले ढुवानी नगर्दा समस्या देखिने गरेको जिल्ला अस्पताल भोजपुरका प्रमुख डा शिवजी रिजालले जानकारी गराए । वर्षमा दुईपटक औषधि खरिद हुने र बोलपत्रअनुसारको औषधि समयमा नआउँदा समस्या देखिने गरेको डा रिजालले बताए । केही समय अगाडि निःशुल्करूपमा बाँड्ने औषधि सकिएको गुनासो आएपछि स्वास्थ्य सेवा विभागबाट ल्याएर भए पनि तत्कालका लागि समस्या समाधान गरिएको थियो ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अस्पतालमा देखिएका समस्याका विषयमा अस्पताल प्रशासनले पनि खबरदारी गर्नुपर्ने बताए । समितिको बैठकमा कर्मचारी बिदा तथा व्यवस्थापन, डेन्टल चिकित्सक करार नियुक्ति, एम्बुलेन्स सेवा, विद्युत् लाइन जडानलगायतका विषयमा पनि छलफल गरिएको थियो ।
जिल्ला अस्पतालमा भएको एम्बुलेन्स सेवा प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो । उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्णबहादुर मोक्तानले कार्यविधिबिना एम्बुलेन्स सञ्चालन हुँदा प्रभावकारी नहुने भएकाले चालकलाई समेत जवाफदेही बनाउन कार्यविधि बनाउनुपर्ने बताए । बैठकमा अस्पताल विकास समिति सदस्य, अस्तपताल प्रशासनका कर्मचारी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले नेपाल प्रहरी ‘सुरक्षित उपत्यका अभियान’मा लागेको बताएका छन् । सामुदायिक सेवा केन्...
काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेको छ । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार हालसम्म चार सय आवेदन परेको कामप...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले लेखापढी व्यवसायलाई मर्यादित बनाउन आग्रह गरेकी छन् । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आज चितवनको भरतपुरमा आयोजित सातौँ राष्ट्रिय परि...
विश्व शान्ति दिवसका अवसरमा काठमाडौंस्थित आत्मज्ञान प्रचार संघमा कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय कार्यालय समाखुशीसहित देशभरका झण्डै पाँच सय शाखामा शान्ति दिवस मनाइएको केन्द्रले जनाएको छ । कार्यक्रममा पूर्वमन्त्री...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकसँग भएको सहमति कार्यान्वयन सांसदहरूको हातमा रहेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) को २० औं वार्षिकोत्सवका अवसरमा आज आयोजित का...
पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको संविधानले ठूल्ठूला क्रान्तिकारी परिवर्तन अँगालेको भए पनि कार्यान्वयन पक्ष सुखद् नभएको बताएका छन् । नेपालको संविधान बनेको ८ वर्ष पूरा भएको अवसरमा श...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...