×

Dabur
MG

‘ताप्लेजुङ–दार्चुला बाइक टूर’ सम्पन्न

काठमाडाैं | जेठ २६, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

पत्रकार र कलाकार सम्मिलित एक टोलीले ‘ताप्लेजुङ–दार्चुला बाइक टूर’ सफलतापूर्वक सम्पन्न गरेको छ । नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले जेठ १० गते काठमाडौंबाट यात्रा शुरू गरेको टोली ४५ भन्दा बढी जिल्ला पार गर्दै जेठ २३ गते दार्चुला पुगेको हो ।

yONNEX
Sagarmatha Cement

जेठ १४ गते सुदूरपूर्वी जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङबाट औपचारिक यात्रा शुरू गरेको टोली दशौँ दिनमा सुदूरपश्चिमको दार्चुला पुगेको हो । बुधवार दार्चुलामा पत्रकार सम्मेलन गर्दै यात्रा सफलतापूर्वक सम्पन्न भएको टोलीले जानकारी दिएको हो ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

null


Advertisment
Kumari
Saurya island
Pardeshi

मंगलवार दिउँसो दार्चुलाको सदरमुकाम खलङ्गा प्रवेश गरेको टोली साँझ दार्चुलाको दुहुँ गाउँपालिका–२ स्थित हिकिला गाउँ पुगेका थिए । टोलीलाई दुहुँ गाउँपालिकाले स्वागत गरेको थियो ।

Vianet communication
Laxmi Bank

टोलीले दुहँ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयसँग सो क्षेत्रमा पर्यटनको सम्भावना र चुनौती, पर्यटकीय आकर्षण, प्रवर्द्धन, जलवायु परिवर्तन लगायत विषयमा अन्तर्क्रिया गरेको छ ।

टोलीले पाँच वटा प्रदेशको विभिन्न स्थानमा स्थानीय जनप्रतिनिधि, पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधिलगायत स्थानीय सरोकारवालाहरूसँग पर्यटन प्रवर्द्धन, पर्यटनमा जलवायु परिवर्तनको असर लगायत विषयमा छलफल गरेको छ ।

कोशी प्रदेशको ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको चितवन, लुम्बिनी प्रदेशको लुम्बिनी, बर्दिया र सुदूरपश्चिम प्रदेशको दार्चुलामा स्थानीय जनप्रतिनिधि, प्रशासनिक निकायका महत्त्वपूर्ण व्यक्ति तथा पदाधिकारी, उद्योग वाणिज्य संघ, हान, नाट्टा, टान लगायतका संघ संस्थाका प्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया गरेको हो ।

विभिन्न स्थानमा गरी एक हजारभन्दा बढी लोकल स्टेकहोल्डरसँग अन्तरक्रिया गरेको टूरका संयोजक विष्णु विवेक विश्वकर्माले जानकारी दिए ।

बुधवार पत्रकार सम्मेलनमा उनले भने, 'यात्राका क्रममा हामीले एक हजारभन्दा बढी लोकल स्टेकहोल्डरहरूसँग छलफल गर्‍यौँ । उहाँहरूका भनाइहरू सुन्यौँ । हाम्रा अनुभवहरू पनि सुनायौँ ।'

आफ्नो संयोजनमा टिमले गरेको यात्रा ऐतिहासिक भएको र यसले नेपालको पर्यटन प्रवर्द्धनमा निकै ठूलो योगदान पुग्ने उनले दाबी गरे ।

null

'मेची महाकाली यात्रा सबैले गर्छन्, किनकि तराईको बाटो राम्रो छ । तर, मध्येपहाडी लोकमार्गको यात्रा सहज छैन । निकै कठिन भोग्दै हामीले सफलतापूर्वक यात्रा सम्पन्न गर्‍यौँ । हाम्रो यात्राले मध्येपहाडी लोकमार्गमा बाइक टुर गर्न सकिन्छ भन्ने प्रमाणित गरिदिएको छ ।'

टोलीसँगको अन्तरक्रियामा बोल्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले पत्रकार र कलाकार सम्मिलित टोलीको यस यात्राले दार्चुलाको मात्रै नभएर समग्र देशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । दार्चुलालाई अन्तिम गन्तव्य निर्धारण गरेर यात्रा गरेको भन्दै टोलीप्रति आभार व्यक्त गरिन् ।

प्रमुख जिल्ला अधिकारी जोशीले दार्चुलाको पर्यटन प्रवर्द्धन, विकास र विस्तार, सम्भावना र चुनौती लगायत विषयहरूमा सञ्चारमाध्यमहरूमा प्रचारप्रसार गरिदिन आग्रह गरेकी छन् ।

अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी किरण जोशीसहित जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी तर्कराज पाण्डे, महाकाली नगरपालिकाकी उपमेयर दुर्गा कुमारी खत्री, उद्योग वाणिज्य महासङ्घ दार्चुलाका अध्यक्ष, सुरेश सिं थापा, नेपाल पत्रकार महासङ्घ दार्चुलाका अध्यक्ष कृष्ण धामी लगायत उपस्थित थिए ।

एनटीपी मल्टिमिडिया ग्रुपको संयोजन, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, हान, नाट्टा, टान आदि संघ संस्थाको सहकार्यमा टूरको आयोजना गरिएको हो ।

null

विभिन्न संघसंस्थाको सहकार्यमा टूरको आयोजना गरिएको भनिए पनि व्यक्तिगत जोखिममा यात्रा गरेको एक जना क्रु मेम्बरले बताए । 'विभिन्न संघ संस्थाको सहकार्यमा टूर गरिएको भनिए पनि हामीले सहयोग भने खासै प्राप्त गरेका छैनौँ । हामीले आफ्नै खर्चमा जोखिम मोलेर यात्रा गरेका हौँ,' उनले भने, 'हामीले कसैको स्पोन्सरमा घुमघाम र रमाइलो गर्ने उद्देश्यले भन्दा पनि देश घुम्ने र माटो चिन्ने हुटहुटीले पर्सनल रिस्कमा यात्रा गरेका हौँ ।'

टूर टिममा संयोजक विष्णु विवेक विश्वकर्मा, चन्द्र तामाङ, राजाराम पौडेल, पवित्रा खड्का, चन्द्रकला कार्की रहेका छन् । टोली विहीबार काठमाडौं लागि प्रस्थान गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १३, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन्।  अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज ...

असोज १३, २०८०

लुम्बिनी प्रदेश सरकारले सामुदायिक वनमा लगाइएको तेहरो कर खारेजीको माग गर्दै सामुदायिक वनका उपभोक्ताहरु विरोधमा उत्रिएका छन् ।  शनिवार सामुदायिक वन महासंघ, रुपन्देहीले बुटवलमा विरोध र्‍याली ...

असोज १३, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुने गरी मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।  निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिट...

असोज १३, २०८०

पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् ।   बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२...

असोज १३, २०८०

नेपाल प्रहरीले पाँच केजी चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई शनिवार काठमाडौंबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिकाका ३२ वर्षीय गोविन्द तामाङ र २७ वर्षका मुस्कान लाम...

असोज १३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका विभिन्न शहरहरूबाट पोखरामा सीधा हवाई उडान हुने बताएका छन् ।  २ साताको विदेश भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x