मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडाैं | जेठ २७, २०८०
विराटनगरको हुनेखाने परिवारमा जन्मेकी हुन् अनिशा बस्नेत । उनको बाल्यकालको केही समय कुनै दुःख परेन । हुर्काइबढाई र पढाइ पनि राम्रो थियो ।
२०३८ कात्तिक २२ गते उनका लागि कालो दिन बन्न पुग्यो । त्यतिबेला उनी ९ वर्षकी थिइन् । ९ वर्षको हुँदा उनले आमा गुमाउनुपरेको थियो । आमाले १२ दिनको भाइलाई छाडेर गएको क्षण उनका आँखामा अहिले पनि झल्झली आइरहन्छ । विराटनगरको कोशी अस्पतालमा सुत्केरी आमालाई गुमाएको उनले बताइन् ।
दक्ष चिकित्सक र अत्याधुनिक उपकरण नहुँदा आमाको ज्यान गएको उनले बताइन् । खेल्ने–पढ्ने उमेरमा नै आमा गुमाएपछि भाइका लागि अनिशाले आमाकै भूमिका खेल्नुपर्यो । त्यसपछि उनी सानैदेखि संघर्षमा होमिन थालिन् ।
पढाइ राम्रो भए पनि आमा बितेपछि उनले विभिन्न समस्यासँग जुध्नुपर्यो । बीकमसम्मको अध्ययन गरेपछि उनको विवाह भयो ।
२०५० मंसिर २० गते डा. वीरेन्द्रकुमार विष्टसँग उनको लगनगाँठो कसियो । त्यतिबेला विष्टले एमबीबीएस मात्र गरेका थिए । अनिशालाई भित्र्याएसँगै वीरेन्द्रलाई सफलता मिल्दै गएको देखिन्छ । मानिसलाई सफलता प्रदान गर्नका लागि मेहनतले मात्रै पुग्दैन, परिवार र आफन्तको पनि साथ र सहयोग चाहिन्छ । श्रीमानको सफलताको श्रेय उनै अनिशालाई जान्छ ।
डा. विष्ट न्यूरोलोजीमा एमडी गर्न युनिभर्सिटी अफ लन्डनतर्फ गएको ६ दिनपछि अनिशाले छोरा ऋतिकलाई जन्म दिइन् । यसअघि छोरी रोशनीको जन्म भइसकेको थियो । उनले २ वर्षकी छोरी र सानो छोराको हेरचाह आफैंले गरिन् । श्रीमान् वीरेन्द्र पनि पढाइसकेर फर्किए । त्यतिबेला नेपालमै न्युरोलोजिस्टहरू एकदमै कम थिए । त्यसपछि डा. विष्टले तत्कालीन कोशी अञ्चल अस्पतालमा ६ महिना काम गरे ।
कोशीमा न्युरोलोजी विभाग नभएपछि उनले राजीनामा दिए । उनीहरूले आफ्नै अस्पताल खोल्ने योजना बनाएका थिए । उनीहरूले न्युरो अस्पताल खोल्ने योजना बनाएर १० शय्याको हस्पिटल खोलेका थिए । अस्पतालको व्यवस्थापनको जिम्मेवारी अनिशाले सम्हालिन् ।
अस्पतालको उद्घाटन तत्कालीन बेलायती राजदूत रोलाल्ड पिनास्टले गरेका थिए । उनीहरूले विक्रम संवत् २०६० सालमा आफ्नै भवनमा ५० शय्याको न्युरो अस्पताल विस्तार गरेका थिए ।
न्युरोलोजी सँगसँगै न्युरो सर्जरीको पूर्वाञ्चलमै ठूलो अभाव भएका बेला २०६५ सालमा डा. यमबहादुर रोकाको नेतृत्वमा न्युरो सर्जरी सेवा विराटनगरबाटै उनीहरूले दिन थाले । उनीहरूले न्युरो सर्जरीको सेवा दिनुभन्दा अगाडि बिरामीहरू भारतको सिलिगुडी जाने गरेका थिए । अहिले भारतीयहरू समेत यही अस्पतालमा उपचार गराउन आउँछन् । हाल अस्पताल १५० शय्याको छ ।
अस्पतालको कार्यकारी निर्देशक भएर उनले न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटललाई स्थापित गराउन सफल भएकी छन् । उनले विक्रम संवत् २०५७ सालदेखि न्युरो अस्पतालको कार्यकारी निर्देशक भएर अस्पतालको जिम्मेवारी सम्हालेकी छन् ।
अहिलेको जस्तो अत्याधुनिक उपकरण नहुँदा उपचारको अभावले अकालमा आमाले ज्यान गुमाएर पीडित बनेकी हुन् उनी । अरु आमाहरूले ज्यान गुमाउनु नपरोस् भनेर उनले आफ्नै आमाको नामबाट पनि न्यूरोको विस्तारित शाखाको रूपमा तुलसा मदर एन्ड चाइल्ड हस्पिटल सञ्चालनमा ल्याएकी छन् । उनकी आमाको नाम तुलसा हो । यो ५० शय्याको अस्पताल हो ।
‘मेरो आमाले जस्तो अरु कुनै पनि आमाले पनि भरपर्दाे उपचार नपाएर ज्यान गुमाउनु नपरोस् भनेर आमाको नाममा शाखा विस्तार गरेकी हुँ,’ उनले भनिन् ।
उनका पति वीरेन्द्रलाई कोशी प्रदेशमा न्युरोको उपचार गराउने पहिलो डाक्टर भनेर चिन्ने गरिन्छ । उनले आर्जन गरेको सीपले कोशी प्रदेश, मधेश प्रदेश र भारतका नागरिकले सेवा पाइरहेका छन् । उनले विराटनगरमा न्युरोलोजी सेवा शुरू गरेको २० वर्षभन्दा बढी भएको छ ।
पतिपत्नी दुवै जनाको सादगी जिन्दगी रहेको छ । उनीहरूले पैसाभन्दा सेवालाई महत्त्व दिएकै कारण सफलताको शिखरमा चढ्न सफल भएका छन् ।
अस्पताललाई उनीहरूले मन्दिर पनि भन्ने गरेका छन् । अस्पतालभित्रै उनीहरूले मन्दिर समेत बनाएका छन् । आफैंले स्थापना गरेको अस्पतालमा काम गर्दा विष्ट दम्पती अस्पताललाई मन्दिर, आफूहरूलाई पुजारी सम्झिन्छन् । डा. विष्टले पनि आमा बिरामी भएपछि डाक्टर बन्ने लक्ष्य लिएका थिए । उनकी आमा मधुमेहको बिरामी थिइन् । आमा बिरामी भइराख्ने समस्याले गर्दा पनि डाक्टर भएर बिरामीको सेवा गर्ने इच्छा जागेको उनले बताए ।
दम्पतीले नै आफ्ना अस्पतालमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीलाई बोली र व्यवहारमा ध्यान दिन भन्ने गरेका छन् । पीडा लिएर आएका बिरामीसँग राम्रो बोली व्यवहार गरे बिरामीले राम्रो उपचार हुने र छिट्टै निको हुने उनीहरूको अनुभव छ । बिरामीको मनोबल उच्च बनाउन पनि व्यवहार बोली राम्रो हुनुपर्ने उनीहरूले बताएका छन् । विष्ट दम्पतीका छोराछोरी पनि चिकित्सा क्षेत्रमा छन् ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...