२७ जेठ २०८३, बुधबार

सभापति देउवा उपचारका लागि सिंगापुर प्रस्थान

जेठ ३१, २०८०
काठमाडौं
सभापति देउवा उपचारका लागि सिंगापुर प्रस्थान

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गरेका उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिंगापुरमा उपचार गराएका थिए । सभापति देउवासँग प्रमुख स्वकीय सचिव भानु देउवा पनि गएका छन् ।

पछिल्लोपटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त भएका कारण सभापति देउवाको नियमित स्वास्थ्य ‘फलोअप’ हुन सकेको थिएन ।
 

salt training

कमेन्ट गर्नुहोस्